०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

शिकागोमा गैरकानूनी आप्रवासी पक्राउ शुरु, स्थानीय बासिन्दा तनाबमा

राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अनुरुप गैरकानूनी रुपमा बसोबास गर्दै आएका आप्रावासीलाई पक्राउ र निर्वासन प्रक्रियामा तीव्रता ल्याउन पक्राउ कार्य शुरु भएको संघीय न्याय विभागले जनाएको हो ।
शिकागोमा गैरकानूनी आप्रवासी पक्राउ शुरु, स्थानीय बासिन्दा तनाबमा

न्यूयोर्क । ट्रम्प प्रशासनले सिकागोमा आप्रवासी पक्राउ गर्ने कार्य सुरु गरेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा अनुरुप गैरकानूनी रुपमा बसोबास गर्दै आएका आप्रावासीलाई पक्राउ र निर्वासन प्रक्रियामा तीव्रता ल्याउन पक्राउ कार्य शुरु भएको संघीय न्याय विभागले जनाएको हो । विभागका अनुसार यस कार्यमा विभिन्न संघीय कानून कार्यान्वयन निकायहरु संलग्न हुनेछन्।

इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसीइ) ले पनि आइताबार नै एक विज्ञप्ति जारी गर्दै अपराधिक क्रियाकलापमा संलग्न आप्रावासीहरुलाई पक्राउ गर्ने कार्य सिकागोबाट शुरु भएको जनाएको छ । आइसीइले यस अभियानमा संघीय निकायहरु एफबीआई लगायत विभिन्न पाँचवटा निकायहरुको संलग्न रहेको जनाएको छ । अमेरिकी सीमा सुरक्षित गर्न र राष्ट्रलाई फेरि सुरक्षित बनाउन“ यो अभियान शुरु गरेको जस्टिस डिपार्टमेन्टले जनाएको छ । 

पहिलो दिनको पक्राउ अभियानमा के कति पक्राउ परेको बारेमा कुनै संस्थाले औपचारिक जानकारी गराएको छैन । तर आइतबार राति सम्ममा ९५६ जना पक्राउ गरिएको न्यूयोर्क टाइम्सले दावी गरेको छ । शिकागोका स्थानीय अधिकारीहरूले भने उनीहरूलाई यस कार्यवाहीको बारेमा कुनै पूर्वसूचना नभएको बताएका छन्। । ट्रम्प प्रशासनले शुरु गरेको यो अभियानमा सहयोग गर्न स्थानीय अधिकारीहरूलाई आह्वान समेत गरेको छ । 

शिकागोका विभिन्न इलाकाहरु लोगन स्क्वायर र लिटिल भिलेज लगायतमा स्थानीय बासिन्दा तनावमा देखिएको विभिन्न संचारमाध्यमहरुले उल्लेख गरेका छन्। 

                                                                                                             फाइल तस्बीर

प्रतिक्रिया