न्यू योर्क। वरिष्ठ अधिवक्ता रमेश श्रेष्ठले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको ‘मास डिपोर्टेसन’ बाट जोगिन पूर्व तयारी आवश्यक रहेको बताएका छन्। उनले आगामी जनवरी २० देखि ट्रम्प प्रशासन सत्तामा आउने उल्लेख गर्दै अहिले पूर्व तयारीमा जुट्ने महत्वपूर्ण समय भएको एनवाइसी नेपाल न्यूजलाई बताएका हुन्।
‘यो समय पूर्व तयारीमा लाग्नुपर्ने महत्वपूर्ण समय हो,’ उनले भने, ‘गिरफ्तारीमा पर्न र डिपोर्टेसनबाट जोगिन वा गिरफ्तारीमा परे आर्थिक, कानूनी वा अन्य हिसावले के गर्न सकिन्छ भनेर सोच्ने र तयारी गर्ने बेला हो।’ उनले आङ र आफ्ना मानिसलाई गिरफ्तारी र डिपोर्टेसनबाट सबैभन्दा पहिला आप्रवासीका रुपमा यहाँको कानून र संविधानले दिएको आधारभूत अधिकारबारे बुझ्नुपर्ने जानकारी दिए।
‘नो योर राइट्स,’ उनले भने, ‘आइस (इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट) का अधिकारीसँग आमने सामाने भए आफ्नो अधिकार के छ भन्ने नबुझी तपाईँले उनीहरुसँग कस्तो ब्यबहार गर्नुपर्छ भन्ने थाह पाउनु हुँदैन।’
उनले अमेरिकाको संविधानले एउटा कागजात नभएका आप्रवासीलाई पनि मौन बस्ने, कानून व्यवसायीको सल्लाह बिना कुनै पनि कागजातमा हस्ताक्षर नगर्ने, गिरफ्तारीमा परे कानून व्यवसायी माग गर्ने लगायतका अधिकार रहेको बताए। ‘तपाईँबाट सूचना लिएर तपाईँकै विरुद्धमा प्रयोग गर्न सक्छ,’ उनले भने, ‘परिचय ढाँटेर वा जुडिसियल वारेन्ट चाहिने ठाउँमा एडमिनिस्ट्रेटिभ वारेन्ट देखाएर गिरफ्तार गर्न सक्छ। त्यहि भएर धेरै सतर्क रहनु आवश्यक छ।’
आइसका अधिकारीहरुले कहाँ कहाँ छापा हान्न सक्छन्? उनीहरुले के के भनेर आफ्नो परिचय लुकाउन सक्छन्? जुडिसियल वारेन्ट र एडमिनिस्ट्रेटिभ वारेन्टको फरक के? कसरी चिन्ने? कस्ता कागजपत्र नदिने? लगायतका विषयमा एनवाइसी नेपाल न्युजकी सम्पादक मच्छे डि गुरुङले आप्रवासनमा काम गर्ने वरिष्ठ अधिवक्ता रमेश श्रेष्ठसँग गरेको कुराकानीको भिडियोः










प्रतिक्रिया