०९ भदौ २०८३, मङ्गलबार
Tue, Aug 25, 2026
SUBSCRIPTION

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)ले मनायो ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)ले मनायो ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस

न्यू योर्क। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ । फिवनाले मार्च ७ मा एक कार्यक्रम गरी गीभ टु गेन नारासहित महिला दिवस मनाएको हो।   

कार्यक्रमका प्रमुख अतिथि कम्युनिटी बोर्ड ४ का अध्यक्ष मारियलेना गियामिनोले शुभकामना व्यक्त गर्दै फिवनाले गरिरहेको कामको प्रशंसा गरेका थिए । महिलालाई सहयोग र महिला शशक्तिकरणका लागि फिवनाले गरेको काम महिलाहरुलाई एक बनाउन सफल भएको उनको भनाइ छ । विशेष अतिथि एनजिओ संस्थापक नताशा ओज्निकले महिला दिवसको अवसरमा शुभकामना दिदै महिला शशक्तिकरणको लागि जोड दिए।कार्यक्रममा फिवनालाई स्थापनाकालदेखि निरन्तर रुपमा निस्वार्थ रुपमा साथ सहयोग गरेको भन्दै संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार बन्दना राईलाई सम्मान गरिएको थियो । फिवनाको स्थापनाकालदेखि संस्थाको विभिन्न पदमा रहेर संस्थाको लागि आर्थिक, नैतिक, तथा भौतिक रुपमा निस्वार्थ रुपमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको फिवनाले जनाएको छ । सल्लाहकार राईलाई फिवनाका अध्यक्ष ईन्दिरा चोङबाङले खादा लगाएर र प्लाग प्रदान गरी सम्मान गरेकी थिईन् । सल्लाहकार राईले आफुलाई सम्मान गरेकोमा फिवना टिमलाई धन्यवाद व्यक्त गर्दै आफ्नो पहिचान जोगाउनको लागि पनि नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन सबैलाई सुझाव दिइन् कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष पुरन लिम्बुले महिलाहरु दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाहरुको सम्मान गर्नु नै दिवसको सार्थकता रहेको बताए । फिवनाका अध्यक्ष इन्दिरा चोङ्वाङले महिलाहरुले ठुलो तपस्या र संघर्षका कारण महिलाहरु शशक्त नेता भएर देश चलाउन सफल भएको बताईन् । महिलाहरु पनि पुरुष सरह नै व्यापार, व्यवसाय, विज्ञान, प्रविधी सबै क्षेत्रमा महिलाको उल्लेख्य सहभागीता भए पनि महिला अझै पनि आफनै पार्टनरबाट हिंसा भोग्न बाध्य भएको उनको भनाइ छ । महिलालाई सहयोग गरेर समुदायलाई नै शशक्त बनाउन सकिने भन्दै अध्यक्ष चोङ्वाङले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरिन् ।न्यू योर्कस्थित फिवनाको आफ्नै कार्यालयमा गरिएको कार्यक्रममा आजीवन सदस्य आभा श्रेष्ठले आमाप्रति समर्पित कविता वाचन गरेकी थिइन् । त्यस्तै एनवाइसी नेपालका सम्पादक तथा फिवनाका आजीवन सदस्य मच्छेदेवी गुरुङले महिलामाथि लगानी गरेमा महिला शशक्तिकरण हुने भएकोले महिला तथा बालबालिकामा लगानी गर्न सुझाव दिइन् । गुरुङले महिलामाथिको लगानीले महिला नै शशक्तिकरण हुने भन्दै संस्थाको अध्यक्ष इन्दिरा चोङ्वाङ आफैमा एक शशक्त उदाहरण रहेको तर्क गरिन् ।तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष सानुमाया तामाङ र युनाइटेट किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा) का महासचिव तथा फिप्नाका उपाध्यक्ष ममता राईले शुभकामना व्यक्त गरिन् । कार्यक्रममा उपस्थित सबैलाई फिवनाकी वरिष्ठ उपाध्यक्ष ईन्दु गुरुङ लामिछानेले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन् । वरिष्ठ उपाध्यक्ष गुरुङले महिलामाथि लगानी गरेर भविष्यमा ठुलो उपलब्धी हासिल गर्न सकिने तर्क गर्दै महिलामाथि लगानी गर्न अनुरोध गरिन्।  कार्यक्रमको सभापतित्व अध्यक्ष ईन्दिरा चोङबाङले गरेकी थिइन् । फिवनाका महासचिव मैया कुमारी तामाङले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया