न्यू योर्क। नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले ताप्लेजुङस्थित आदिवासी याकथुङ् (लिम्बु ) किरात समुदायको महत्वपूर्ण धार्मिक तथा साँस्कुतिक धरोहरको रूपमा रहेको मुक्कुमलुङमा ब्यबसायी चन्द्र ढकालले याकथुङ् (लिम्बु ) हरुसंग स्वतन्त्र, अग्रिम, जानकारीसहितको मन्जुरी नलिकन ब्यबसाय र मानब अधिकारको दस्तावेजको प्रावधानहरु उलंघन गरेको भन्दै आपत्ति जनाएको छ।
आदिवासीहरूको भुमि, भूभाग र श्रोत (Lands, Territories, and Resources) मा कुनै पनि बिकासको गतिबिधी गर्नुपूर्ब सम्बन्धित आदिवासी समुदायसँग छलफल र परामर्श गरी मन्जुरी लिनुपर्नेमा राज्यले उल्टै शान्तिपूर्ण आन्दोलन गर्नेहरूलाई प्रहरी र सेनाको आडमा आतंक मच्चाएर निरंकुश शैलिमा शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेका जनताहरुमाथि गोलि प्रहार गरेकोमा फिवनाले एक विज्ञप्ती जारी गर्दै घोर भत्र्सना गरेको छ। फिवनाको विज्ञप्ती जस्ताको तस्तै ।






प्रतिक्रिया