०७ वैशाख २०८३, सोमबार
Mon, Apr 20, 2026
SUBSCRIPTION

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको भारी गिरावट, क्याम्पस बजेटमा भूकम्प!

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको भारी गिरावट, क्याम्पस बजेटमा भूकम्प!

न्यू योर्क। चालू वर्ष नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा भारी गिरावट हुने देखिएको छ। नेशनल एसोसिएशन अफ फरेन स्टुडेन्ट्स एडभाइजर्स (नाफ्सा) का अनुसार एफ -वान भिसा जनवरी–एप्रिल २०२५ मा १२% घट्यो। यो सङ्ख्यामा २०२५ मा २२% गिरावट भयो। जूनसम्म ८०–९०% सम्मको गिरावट हुन सक्ने नाफ्साको प्रक्षेपण थियो। उक्त महिनाको तथ्याङ्क हालसम्म सार्वजनिक भएको छैन।

फोर्ब्सले फल सिजनमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी १.५ लाखले घट्न सक्ने अनुमान गरेको छ। फोर्ब्सका अनुसार यसले करिब ७ अर्ब डलर राजस्व र ६० हजार रोजगारी जोखिममा पार्न सक्छ। 

अन्तराष्ट्रिय विद्यार्थी  घट्नुमा सरकारी नीतिले दबाब बढाएको छ। जुन ४, २०२५ को राष्ट्रपति घोषणापछि १९ देशका लागि भिसामा कडाइ गरियो। ती देशका धेरै नागरिकले भीसा पाएनन।

हालै एक संघीय न्यायाधीशले १९ देशसम्बन्धी यात्रा प्रतिबन्धका आधारमा “भिसा नै नदिने” निर्णय गलत ठहर गरे। तर सरकारसँग प्रवेश नाकामा रोक लगाउने अधिकार भने रहने बताए।  
 
केही समय रोकिएको विद्यार्थी भिसा अन्तर्वार्ता पुनः सुरु भएको त छ, तर सोसल मिडिया स्क्रिनिङ अनिवार्य गरिएको छ। 

गत वर्ष अन्तराष्ट्रिय विद्यार्थी सङ्ख्या उच्च बिन्दुमा थियो। स्टूडेण्ट एण्ड एक्सचेन्ज भिजिटर इन्फर्मेसन सिस्टम (सेभीस) प्रतिवेदन अनुसार २०२4 मा १५ लाख ८० हजार भन्दा बढी एफ-वान भीसा सक्रिय थियो। यो २०२३ भन्दा ५.३% बढी हो। 

नाफ्साले नयाँ विद्यार्थी ३०–४०% ले घटे समग्र बिद्यार्थी  सङ्ख्यामा १५% ले गिरावट आउने र यसले क्याम्पस र स्थानीय अर्थतन्त्रमा ठूलो असर पार्ने चेतावनी दिएको छ।

प्रतिक्रिया