०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन

पाकिस्तानको राजधानी इस्लामाबादमा झण्डै २१ घण्टा लामो शान्ति वार्ता अमेरिका र इरानबीचको युद्ध अन्त्यको बारेमा बिना ठोस सहमति हुन नसकी अन्त्य भएको हो । वार्तामा इरानी पक्षले अमेरिकी प्रस्ताव स्वीकार नगरेको वार्तापछि अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन

न्यूयोर्क । जारी युद्ध अन्त्यको बारेमा अमेरिका र इरानवीच भएको म्याराथन वार्ता बिना निश्कर्ष टुँगिएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा झण्डै २१ घण्टा लामो शान्ति वार्ता अमेरिका र इरानबीचको युद्ध अन्त्यको बारेमा बिना ठोस सहमति हुन नसकी अन्त्य भएको हो । वार्तामा इरानी पक्षले अमेरिकी प्रस्ताव स्वीकार नगरेको वार्तापछि अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
शनिबारबाट इस्लामाबादमा सुरु भएको उच्चस्तरीय वार्ता स्थानीय समयअनुसार आइतबार बिहानसम्म जारी रहेको थियो । वार्तापछि छोटो पत्रकार सम्मेलनमा भ्यान्सले भने, “उनीहरूले हाम्रो सर्त स्वीकार गरेनन्, तर अझै पनि सम्भावना खुला छ।” हामीले सजिलो प्रस्ताब छाडेर राखेको छ , भान्सले भने यो “अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव” हो । 
यो वार्ता दशकौँदेखि तनावपूर्ण सम्बन्ध रहेका दुई देशबीचको ऐतिहासिक भेट थियो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच यस्तो उच्चस्तरीय प्रत्यक्ष वार्ता  नभएको न्यूयोर्क टाइम्सले जनाएको छ । 
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बघाएईले वार्तामा स्टे«ट अफ होर्मुज, आणविक कार्यक्रम, युद्ध क्षतिपूर्ति, आर्थिक नाकाबन्दी हटाउने र युद्ध अन्त्यबारे छलफल भएको बताएका छन्। उनले वार्तामा “इरानका वैध अधिकार र हित स्वीकारलाई प्रमुखता दिएको बताए । 
वार्ताबाट कुनै ठोस सहमति ननिस्किए पनि अमेरिकी र इरानी उच्च अधिकारीबीच प्रत्यक्ष भेट हुनु आफैंमा महत्वपूर्ण घटना मानिएको छ। हाल अमेरिका र इरानबीच दुई हप्ताको अस्थायी युद्धविराम लागू छ। तर लेबनानमा जारी द्वन्द्व र होर्मुजको तनावले यो युद्धविराम टिक्ने कि नटिक्ने भन्ने अन्योल कायम छ।
मानवअधिकार समूहका अनुसार इरानमा १,७०० भन्दा बढी सर्वसाधारण मारिएका छन् भने लेबनानमा २,००० भन्दा बढीको ज्यान गएको छ। साथै इजरायल, खाडी देशहरू र अमेरिकी सैनिकहरू समेत यस द्वन्द्वमा मारिएका छन्। वार्ता असफल भएपछि अब युद्ध फेरि चर्किन सक्ने चिन्ता बढ्दै गएको छ।

प्रतिक्रिया