न्यू योर्क। पछिल्ला समाचारहरूले त्यही सङ्केत गर्छ। विभिन्न रिपोर्टअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूले चुनावी मैदानबाट प्रतिस्पर्धी घटाउने विषयमा आन्तरिक छलफल गरेका छन्। उनीहरूले एरिक आडम्स र कर्टिस स्लिवालाई चुनावी दौडबाट बाहिरिए संघीय जागिर दिने विषयमा छलफल गरेको कुरा उठेको खबर सार्वजनिक भएको छ। त्यसको उद्देश्य एन्ड्र्यु कुमो र जोहरन ममदानीबीच सिधा मुकाबिला गराउनु हो। आडम्स र स्लिवाका समर्थकले कुमोलाई भोट दिए ममदानी हार्ने गणितका आधारमा यस्तो छलफल भएको हो।
छलफलबारे ह्वाइट हाउस मौन छ। मेयर पदका तीन वटै उम्मेदवार कुमो, आडम्स र स्लिवाका व्हाइट हाउस सँग ‘डिल’ भएको अस्वीकार गरेका छन्।
राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा जोहरन मामदानीमाथि कठोर टिप्पणी गर्दै आएका छन्। उनले न्यूयोर्कलाई छुट्याइने संघीय बजेट रोक्ने संकेत गरेका छन् र संघीय नियम नमाने कारबाही हुने चेतावनी दिएका छन्। यी अभिव्यक्तिले ट्रम्प मामदानीलाई हराउन चाहन्छन देखाउँछ।
कुमो लाई फाइदा कसरी हुन्छ?
अहिले मेयर पदमा चार जना प्रमुख उम्मेदवार छन्। चुनावी सर्वेक्षणहरूमा मामदानी अगाडि देखिन्छन्। तर राजनीतिक गणित भन्छ: यदि एडम्स र स्लिवा जस्ता मत काट्ने उम्मेदवार बाहिरिए भने, ती मतहरू कुमोतर्फ सर्ने सम्भावना धेरै हुन्छ। केही सर्वेक्षणले चार जनाबीचमा मामदानी अगाडि भए पनि दुई जनाबीचको सिधा प्रतिस्पर्धामा कुमो अग्रस्थानमा पुग्ने देखाएका छन्। अन्य सर्वेक्षणमा भने मामदानी अग्रस्थानमै छन्। तर, ठूलो संख्यामा अनिर्णीत मतदाता देखिन्छन्। अन्तिम नतिजा अनिर्णीत मतदाता कता फर्किन्छन भन्नेमा निर्भर देखिन्छ।
कति लोकतान्त्रिक छ यस्तो हस्तक्षेप?
राजनीतिक फाइदाका लागि सरकारी जागिर वा लाभको वाचा गर्नु कानुनी र नैतिक दुवै अर्थमा विवादास्पद मानिन्छ। अमेरिकी संघीय कानुनले राजनीतिक समर्थनको बदलामा सरकारी पद वा लाभ दिनु वा दिने वाचा गर्नु निषेध गरेको छ। संघीय कर्मचारी सम्बन्धी आचारसंहिताले पनि चुनावी प्रक्रियामा हस्तक्षेप गर्न नपाइने स्पष्ट नियम राखेको छ।
एरिक आडम्सले आफू मेयर पदको दौडमै रहने र व्हाइट हाउसबाट कुनै ‘अफर’ नआएको अभिव्यक्ति दिएका छन। कर्टिस स्लिवाले पनि दौड नछोड्ने भनेका छन। एन्ड्र्यु कुमोले ट्रम्पसँग कुनै सहकार्य भएको छैन भनेका छन। अनले ट्रम्पको समर्थन आए नलिने धारणा सार्वजनिक गरेका छन्। जोहरन मामदानीले भने यी प्रयासलाई लोकतन्त्रमाथिको अपमान भनेका छन्।




प्रतिक्रिया