०७ वैशाख २०८३, सोमबार
Mon, Apr 20, 2026
SUBSCRIPTION

अमेरिकामा पहिलो पटक मासु खाने परजीवी ‘स्क्रुवर्म’ मानिसमा फेला

अमेरिकामा पहिलो पटक मासु खाने परजीवी ‘स्क्रुवर्म’ मानिसमा फेला

न्यू योर्क। हेल्थ एण्ड ह्यूमन सर्भिसेस ९एचएचएस० ले मासु खाने परजीवी ‘स्क्रुवर्म’ मानिसमा फेला परेको पहिलो ‘केस’ पुष्टि गरेको छ।

यो परजीवी ‘न्यू वर्ल्ड स्क्रुवर्म’ झिङ्गाको लार्भा हो। यसले गोरु–गाईको बथान नष्ट गर्न सक्छ। साथै, वन्यजन्तु र पाल्तु जनावरलाई पनि मार्न सक्छ।

एचएचएसका अनुसार स्क्रुवर्मबाट अमेरिकामा सार्वजनिक स्वास्थ्य जोखिम धेरै कम छ। रोयटर्सले यसअघि म्यारिल्याण्डका एक व्यक्तिमा संक्रमण भएको खबर दिएको थियो। ती व्यक्तिले ग्वाटेमाला भ्रमण गरेका थिए।

यो त्यहि केस हो कि होइन भन्ने स्पष्ट छैन। यस विषयमा सोधिएको प्रश्नको जवाफ म्यारिल्याण्डका अधिकारीले दिएका छैनन। यो परजीवी मेक्सिको सहित मध्य अमेरिकाका भागहरूमा व्यापक छ।

यो परजीवीको र १९९० को दशकमा ठूला प्रकोप थियो। त्यति बेला धेरै खर्च गरेर नियन्त्रण गरिएको थियो। तर पछिल्ला दुई वर्षमा फेरि देखा परेको छ। 

गत अगस्ट १५ मा एग्रिकल्चर सेक्रेटरी ब्रुक एल। रोलिन्सले टेक्सासमा पाँच बुँदे योजना घोषणा गरेकी थिइन। त्यसमा दक्षिण टेक्सास र मेक्सिकोमाथि अर्बौँ बाँझो झिङ्गा छोड्ने भनिएको छ। त्यसको उद्देश्य परजीवीको फैलावट रोक्नु हो।

बाँझा भाले माखा पोथीसँग मिल्छन्, तर अण्डाबाट बच्चा पैदा हुँदैनन। यसरी बिस्तारै झिङ्गाको संख्या घट्छ र अन्त्यमा समाप्त हुन्छ। यो विधि १९६० को दशकमा पनि सफल भएको थियो। घोषणा हुँदा कार्यक्रम पूर्ण सञ्चालनमा आउन २–३ वर्ष लाग्ने भनिएको थियो। अब यसलाई छिटो अघि बढाउन दबाब पर्न सक्छ।

प्रतिक्रिया