०७ वैशाख २०८३, सोमबार
Mon, Apr 20, 2026
SUBSCRIPTION

हूरिकेन एरिनका न्यू र्योर्कका सार्वजनिक बीच बन्द

हूरिकेन एरिनका न्यू र्योर्कका सार्वजनिक बीच बन्द

न्यू योर्क। हूरिकेन एरिनका कारण न्यूयोर्क सिटीका सबै सार्वजनिक बीचमा ‘स्विमिङ’ बन्द गरिएको छ। त्यस अनुसार आज (बुधबार) देखि शुक्रबार साँझ (२०–२२ अगस्ट) सम्म ब्रुकलिन, क्वीन्स, नासा, सफोकका अटलान्टिक सामुन्द्री तटमा पौडी खेल्न पाइने छैन।

नेशनल वेदर सर्भिस (एनडब्लूएस)  न्यू योर्कले ‘हाई सर्फ एडभाइजरी’ र ‘हाई रिप करेन्ट रिस्क’ जारी गरेको छ। त्यो भनेको ती सामुन्द्री तटमा उच्च छाल आउने तथा जलधार तेज हुने जोखिम उच्च हुनु हो। तर, मानिसहरू सामुन्द्री तटमा जान र बालुवामा बस्न भने सक्नेछन। 

एनएसडब्लूले केही तटीय भू–भागका लागि कोस्टल फ्लड वाच’ सूचना पनी जारी गरेको छ।न्यू योर्क सिटीले इमर्जेन्सी म्यानेजमेन्ट:म सुरक्षासम्बन्धी निर्देशन सार्वजनिक गरेको छ। गभर्नर क्याथी होकुलले तटीय क्षेत्रका बासिन्दा र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन।

नेशनल हरिकेन सेन्टर (एनएचसी) ले एरिनको मार्ग र छालसम्बन्धी पृष्ठभूमि अध्यवधिक गरेको छ। त्यस अनुसार बुधबार बिहान ६ बजेदेखि शुक्रबार साँझ ८ बजेसम्म ठूला छाल र शक्तिशाली ‘ब्रेकिङ वेभ’ आउने सम्भावना उच्च छ।

बिहीबार साँझ (२१ अगस्ट) ६ बजेबाट मध्यरातसम्म साउदर्न क्वीन्स, ब्रुकलिन, नासाउ, सफोक र स्टेटन आइल्याण्डका तल्ला तटीय भागमा छ्यापछुप र हल्का जलमग्न हुने सम्भावना छ। उच्च छाल बिहीबार साँझ र शुक्रबार बिहान बढि हुन सक्छ।

विभिन्न निकायहरूले सावधानी अपनाउन, परिवार र बालबालिकालाई पानीबाट टाढा राख्न, र आधिकारिक निर्देशनहरू पालना गर्न भनेका छन।

प्रतिक्रिया