०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने विषेश अदालतको आदेश

विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राय, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने विषेश अदालतको आदेश

 

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई विषेश अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राय, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो । 
नेपालका तर्फबाट पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गर्दै बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गरेर आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

प्रतिक्रिया