०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

पूर्व प्रधानमन्त्ती नेपालविरुद्ध भ्रष्टचार मुद्दा दर्ता, साँसदबाट निलम्बन

अख्तियारले नेपाली समय अनुसार बिहीबार विशेष अदालतलमा उनीहरूविरद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सो मुद्दामा अध्यक्ष नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ।
पूर्व प्रधानमन्त्ती नेपालविरुद्ध भ्रष्टचार मुद्दा दर्ता, साँसदबाट निलम्बन

 

काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नेपाली समय अनुसार बिहीबार विशेष अदालतलमा उनीहरूविरद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सो मुद्दामा अध्यक्ष नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको छ। 


भारतीय योग गुरु रामदेवको कम्पनी पतन्जली योग पिठले काभ्रेपलन्चोक जिल्लामा आयुर्वेदिक कम्पनी दर्ता गरी कम्पनीको नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितलाई यसअघि नै बयान लिएको थियो। सोही मुद्दामा अख्तियारले विहीबार विषेश अदालतमा मुद्दा दर्ता गरेको हो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा जग्गा खरिद गर्ने स्वीकृति दिइएको र सोही जग्गा कानुनविपरीत बिक्री गर्न पनि अनुमति दिएको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।
तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालसमेत ९३ जना व्यक्तिहरूमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्रमा उल्लेख छ। तत्कालीन प्रधानमन्त्री नेपालसहित तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विधेयक समितिका संयोजक प्रेम बहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मन्त्रिपरिषद्का सचिव स्व. माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ।


त्यस्तै भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिवहरू छविराज पन्त, जीतबहादुर थापा र लालमणि जोशी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिवहरू कलानिधि पौडेल, गान्धी प्रसाद सुवेदी र हपेन्द्रमणि के.सी, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशव बहादुर बानियाँ,  उपसचिव तथा शाखा अधिकृतहरू राजाराम थापा, सीताराम पोखरेल र वुद्धि बहादुर कार्कीलाई प्रतिवादी बनाइएको छ।

नेपाल कसरी मुछिए मुद्दामा ?


माधाव नेपाल प्रधानमन्त्री हुँदा हदबन्दी छुटमा जग्गा किनेको र छुट पाएपछि दुई महिनालगत्तै हाउजिङ कम्पनीलाई बेचेपछि अख्तियारले अनुसन्धान गरेको थियो । योगगुरु रामदेवको योगपीठले छुटमा पाएको जग्गा काभ्रे बनेपाको साँगामा हाउजिङ कम्पनीलाई बेचिएको हो । नेपालकै निर्णयपछि ५ सय ९३ रोपनी जग्गा खरिद गरेर ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बिक्री गरिएको थियो । यसै प्रकरणमा नेपालमाथि अख्तियारले छानबिन गर्दै बयान लिएको थियो । १८ माघ २०६६ मा नेपालले मन्त्रिपरिषद् बैठकबाट जग्गा खरिदको निर्णय गराएका थिए । त्यसको दुई महिनालगत्तै २०६६ चैत ६ गते मन्त्रिपरिषद्बाट निर्णय गरेर बेच्न पनि स्वीकृति दिएको थियो । कानूनतः कुनै कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा किन्न स्वीकृति दिए पनि सो जग्गा बेच्न भने मिल्दैन । केही गरी सो कम्पनी बन्द भएमा सो जग्गा सरकारको नाममा आउनुपर्ने कानूनी प्रावधान छ । 


नेपाल साँसदबाट निलम्बन


पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः पदबाट निलम्बन हुने प्रावधान छ । नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउने छन् । तर, पत्र आइनसकेको साथै समय पनि घर्किसकेकाले विहीबारकोे बैठकमा जानकारी  नगराएको संसद सचिवालय स्रोतले बतायो ।


यसैवीच आफुविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएपछि नेपालले आफुले कुनै भ्रष्टचार नगरेको दावी गरेका छन् । उनले संचारकर्मीहरुसंग कुरा गर्दै आफुले पतन्जली जग्गा प्रकरणमा एकपैसा नखाएको र आफु संधै राज्यलाई नोक्सान हुने कुराको विरोधमा हुने बताए । एक प्रसंगमा उनले वर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नो राजनीति सिध्याउनको लागि षडयन्त्र गरिरहेको र यो मुद्दा पनि त्यही योजना अन्तर्गत आएको आरोप समेत लगा

प्रतिक्रिया