०९ भदौ २०८३, मङ्गलबार
Tue, Aug 25, 2026
SUBSCRIPTION

प्रधानमन्त्री ओली स्पेनको मेड्रिटमा

प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।
प्रधानमन्त्री ओली स्पेनको मेड्रिटमा


मेड्रिट (स्पेन)।  संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा पुगेका छन्। 
प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार राति काठमाडौँबाट कतारको दोहा हुँदै मेड्रिट पुगेको हो । प्रधानमन्त्रीको टोली साँझसम्ममा सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ । (प्रधानमन्त्री सचिवालय)

 

 

 

प्रतिक्रिया