०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

नेशनल गार्ड परिचालन अवैधानिकः अदालत

नेशनल गार्ड परिचालन अवैधानिकः अदालत

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको नेशनल गार्ड परिचालन अवैधानिक भएको एक जना फेडरल जजले निर्णय गरेका छन्। ती जजले राष्ट्रपति ट्रम्पले नेशनल गार्डको नियन्त्रण क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई सुम्पिनुपर्ने फैसला समेत गरेका छन्।

युएस डिस्ट्रिक्ट जज चार्ल्स ब्रेयरले बिहीबार यस्तो फैसला गरेका हुन्। उक्त फैसला शुक्रबार अपरान्हदेखि कार्यान्वयनमा आउने छ।त्यस अनुसार नेशनल गार्ड परिचालन गर्ने राष्ट्रपति ट्रम्पको निर्णयले संविधानको दशौं संशोधन (टेन्थ एमेण्डमेन्ट) उल्लङ्घन गरेको छ। साथै, राष्ट्रपतिको अधिकार सीमा नाघेको छ। 

आप्रवासी विरुद्ध इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले छापा तीब्र बनाएपछि गत साता शुक्रबारदेखि लस एन्जलसमा प्रदर्शन सुरु भएको थियो। उक्त प्रदर्शन नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पले नेशनल गार्ड परिचालन गरेका थिए। त्यसविरुद्ध गभर्नर न्युसम अदालत पुगेका थिए। 

नेशनल गार्डले आन्दोलन नियन्त्रणमा लिन नसकेपछि राष्ट्रपति ट्रम्पले सात सय मरिन (नौसेना) समेत परिचालन गरेका थिए। ट्रम्प प्रशासनले नेशनल गार्ड परिचालन विरुद्धको मुद्दा राजनीतिक स्टन्ट भएको र त्यसले सर्वसाधारण अमेरिकीलाई खतरामा पार्ने प्रतिक्रिया दिँदै आएको थियो। 

प्रतिक्रिया