०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

भिजिट भिसा प्रकरणमा छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली समय अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार छानबिन समितिमा परराष्ट्र, गृह, पर्यटन र श्रम मन्त्रालयका सहसचिव सदस्य रहने जनाएको छ ।
भिजिट भिसा प्रकरणमा छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन

 

काठमाडौं । भिजिट भिषा प्रकरणले संसद र सडकमा असन्तुष्टि चुलिदै गएपछि सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्व मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली समय अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार छानबिन समितिमा परराष्ट्र, गृह, पर्यटन र श्रम मन्त्रालयका सहसचिव सदस्य रहने जनाएको छ । समितिलाई प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको छ।
भिजिट भिसा प्रकरणलाई लिएर संसदमा प्रतिपक्षी दलहरुले बैठक सञ्चालनमा अवरोध उत्पन्न गरेपछि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच छानविन समिति गठन गर्ने गरी दुईबुँदे सहमति भएको थियो । सहमतिको पहिलो बुँदामै भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकोले सोही अध्ययनलाई सघाउन छानबिन समिति गठन गर्ने उल्लेख थियो । 
माओवादी केन्द्रसंग सहमिति भएपनि अन्य प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा लगायतले गृहमन्त्री रमेश लेखकको राजीनामा र जाँचबुझ आयोग वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा विरोध प्रदर्शन जारी राखेका छन् । सरकारले गठन गरेको उच्चस्तरीय समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ।

प्रतिक्रिया