०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय सञ्चालन हुने

क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय सञ्चालन हुने

 

सान् फ्रान्सिस्को। अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा क्षेत्रमा नेपाल सरकारको कार्यालयका रुपमा कन्सुलेट कार्यालय शुरु हुने भएको अमेरिकाका लागि कार्यबाहक राजदूत तथा  नेपाली राजदूताबास वासिङटन डीसीस्थित नियोग उपप्रमुख शरदरराज आरनले सरकारले निर्णय कार्यान्वयनका लागि कार्यालय सञ्चालन प्रक्रिया थालेको बताए।

नेपाल अमेरिका पत्रकार संघ नेजाले क्योलिफोर्नियामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदूत आरनले भने, नेपाल सरकारले यहाँको डिपार्टमेन्ट अफ स्टेटलाई पत्राचार गरिसकेको सहमति आएपछि बजेटको लागि पठाइन्छ सबै काम सहज रुपमा भएमा देखि महिनामा कन्सुलेट कार्यालयको प्रक्रिया टुङ्गिन्छ। 

आरनले क्यालिफोर्नियाका ७० प्रतिशत नेपाली सान् फ्रान्सिस्को क्षेत्र पर्ने उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने तथ्याङ्क अध्ययनमा देखिएको उल्लेख गर्दै कन्सुलेट कार्यालय स्थापना गर्ने सरकारको निर्णयले धेरैलाई लाभ पुग्ने बताए। 

नेजाले राहदानी तथा कन्सुलर शिविर सञ्चालनका लागि सान फ्रान्सिस्को पुगेका कार्यबाहक राजदूतसँग अन्तरक्रिया गरेको हो।

दूतावास समुदाय जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यबाहक राजदूत आरनले भनेअहिलेको समय पार्टनरसिप कोलाबोरेसनको हो।आरनले दूतावासबाटजनताका गुनासालाई छिटो सम्बोधन गर्दै सेवा सरल बनाउने सुरुवात गरेका जानकारी र्दि टेलिफोन नउठ्ने समस्या अब नहुने बताउँदै अरनले भने, ‘अहिले सबै कर्मचारीको मोबाइल नम्बर वेबसाइटमै राखिएको   कर्मचारीको नम्बर सार्वजनिक गरिएको यो पहिलो पटक हो । 

 

युनिभर्सिटी अफ क्यालिफोर्निया फ्रेस्नोका प्राध्यापक डा. मोहन डाँगीले दूतावास नेपाली समुदायको सहकार्यबाट डायस्पोराको समस्या सामूहिक रुपमा हल गर्न सकिने बताए। 

युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलीका प्राध्यापक डा. आमोदकुमार पोखरेलले क्यालिफोर्नियामा नेपालीको जनसांख्यिक अवस्थाका बारेमा अध्ययन पत्र प्रस्तुत गर्दै अमेरिकामा जनसंख्या लिएको सन् २०१० को भन्दा सन् २०२० मा सय १६ प्रतिशत नेपाली बढेको जानकारी दिए। प्राध्यापक डा. पोखरेलले भने, ‘पछिल्लो पाँच वर्षमा यो संख्या झन् बढेको रेकर्डमा नआउने नेपालीको संख्या झन् धेरै कन्ट्रा कोस्टा काउन्टीमा सय ४५ प्रतिशतले नेपालीको जनसंख्या वृद्धि भएको तथ्याङ्क डा. पोखरेलले प्रस्तुत गरे  

नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) का अध्यक्ष प्रितेश कार्कीले दूतावासको सेवा लिन निकै सास्ती खेप्नुपर्ने समस्या अब कन्सुलेट कार्यालय खुलेपछि सहज हुने बताउँदै दूतावासमार्फत सरकारलाई धन्यवाद व्यक्त गरे। 

एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालले पनि दूतावास सहयोगी भइदिन अनुरोध गरे। 

कार्यक्रममा नेपाल वातावरण समूह नेफेजका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, अध्यागमन वकिल यज्ञ नेपाल, नेजाका सल्लाहकार सरोज काफ्ले, समाजसेवी मोहन वली लगायतले दूतावास समुदायको सहकार्यले मात्र जनतामा धेरै सेवा प्रवाह हुन सक्नेमा जोड दिएका थिए। 

कार्यक्रमको सहजीकरण नेजाका कार्यसमिति सदस्य इश्वरी न्यौपानेले गरेका थिए।

प्रतिक्रिया