न्यू योर्क। नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल सरकारले संसद्मा दर्ता गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन अनुरोध गरेको छ । नेजाले विज्ञप्ती जारी गर्दै विधेयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकोले विधेयक फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरेको हो। सरकारले संसद्मा दर्ता गरेको विधेयकले नियमन नभई सामाजिक सञ्जालमार्फत स्वतन्त्रतापूर्वक आफ्ना विचार राख्ने पक्षलाई नियन्त्रण गर्न खोजेको नेजाको ठहर छ। नेजाको विज्ञप्ती जस्ताको तस्तै।








प्रतिक्रिया