०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

ब्रुक्लिन “हिट-एन्ड-रन” मा ४ वर्षीय बालकको मृत्यु

ब्रुक्लिन “हिट-एन्ड-रन” मा ४ वर्षीय बालकको मृत्यु

न्यु योर्क। सिटीको ब्राउनस्विल, ब्रुक्लिनमा बिहीबार ४ वर्षीय एक बालकको हिट-एन्ड-रन दुर्घटनामा मृत्यु भएको छ। एनवाइपिडीका अनुसार, उनलाई ठक्कर दिने सेतो फोर्ड एसयूभी चालक घटनास्थलबाट फरार भएका छन। उनी हालसम्म फरार छन।

दुर्घटना बिहीबार बिहान करिब ११ बजे लिन्डेन बुलेभार्ड र रकअवे पार्कवे नजिक भएको हो। प्रहरीका अनुसार, बालक आमाबाट फुत्किएर सडकतर्फ दौडिएका बेला उनलाई सवारीले ठक्कर दिएको थियो। 

घटनापछि बालकलाई नजिकैको ब्रुकडेल युनिभर्सिटी हस्पिटल लगिएको थियो। त्यहाँ उनलाई मृत घोषणा गरिएको थियो। सञ्चारमाध्यमहरूले बालकलाई एसयूभीले करिब १५० फिटसम्म घिसारेको जनाएको छ। एनवाइपिडीका अनुसार, ठक्कर दिने सवारी सेतो फोर्ड एसयूभी थियो। त्यो सवारी रकअवे पार्कवे हुँदै उत्तरतर्फ जाँदै गरेको देखिएको थियो। प्रहरीले चालकको खोजी जारी राखेको छ। 

यो घटनाले न्युयोर्क सिटीमा बालबालिकाको सडक सुरक्षा फेरि गम्भीर प्रश्न बनेको छ। यो वर्ष सिटीमा ट्राफिक दुर्घटनामा ज्यान गुमाउने उनी चौथो बालक हुन। अहिलेसम्म बालकको नाम सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया