न्यु योर्क। गभर्नर क्याथी होकुल र मेयर जोहरान माम्दानीले न्यू योर्क सिटीमा २ वर्षे बालबालिकाका लागि निःशुल्क चाइल्ड केयर घोषणा गरेका छन्। यो कार्यक्रमलाई टु-केयर (टु -केयर)” नाम दिइरएको छ।
यसलाई जोहरानको अभियानले बाचा गरेको युनिभर्सल चाइल्ड केयरको हिस्साको रूपमा हेरिएको छ।
यो कार्यक्रमले ५ वर्षमुनिका बालबालिकाका लागि किफायती र पहुँचयोग्य हेरचाह विस्तार गर्ने दाबी गरिएको छ। यसलाई जोहरानको अभियानले बाचा गरेको युनिभर्सल चाइल्ड केयरको हिस्साको रूपमा हेरिएको छ।
सिटीका अनुसार कार्यक्रम सेप्टेम्बर २०२६ बाट सुरु गर्ने तयारी छ। पहिलो चरणमा “हाइ-निड्स” भनिएका क्षेत्रमा लागू हुनेछ। पहिलो वर्ष करिब २,००० बालबालिका समेट्ने लक्ष्य राखिएको छ। त्यसपछि चरणबद्ध रूपमा विस्तार गर्दै २०२९–३० सम्म सिटीभरि पूर्ण रूपमा लागू गर्ने योजना सार्वजनिक गरिएको छ।
सिटीभित्र बसोबास गर्ने परिवारका २ वर्षे बालबालिका यस कार्यक्रमका मुख्य लाभग्राही हुनेछन्। तर २-केयरका लागि कुन मितिसम्म जन्मिएको बच्चा योग्य हुन्छ भन्ने लगायतका ठ्याक्कै नियमहरू सिटीले अझै सार्वजनिक गरेको छैन।
कार्यक्रमको उद्देश्य २ वर्षे उमेरको चरणलाई समेट्नु हो। त्यसपछि बच्चा थ्री-के (३-के) मा जाने संरचना बनाउने भनिएको छ। बच्चा ३ वर्ष पुग्ने “क्यालेन्डर इयर” मा सिटीको थ्री-के मा आवेदन गर्न मा गर्न मिल्छ। बच्चा आवेदन दिएको वर्षको डिसेम्बर ३१ भित्र ३ वर्ष पुग्नुपर्छ। त्यसैले धेरै परिवारका लागि टु-केयरको लाभ सामान्यतया करिब १ स्कुल वर्ष जति हुने अपेक्षा गरिएको छ। होकुलले टु-केयर सुरु गर्न पहिलो २ वर्ष न्यु योर्क स्टेटले खर्च व्यहोर्ने बताएकी छन्।



प्रतिक्रिया