०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

न्यू योर्क सिटीमा “अपरेशन साल्भो”: ५४ पक्राउ

न्यू योर्क सिटीमा “अपरेशन साल्भो”: ५४ पक्राउ

न्यु योर्क। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) सेक्रेटरी क्रिस्टी नोमले न्यु योर्क सिटीमा “अपरेशन साल्भो” अन्तर्गत ट्रिनिटारियोस गिरोहसँग जोडिएका ५४ जना पक्राउ गरिएको घोषणा गरेकी छन्। 

नोमले “केही महिनाअघि सुरु भएको” यो कारबाहीमा पक्राउ परेका ५४ जना “भायोलेन्ट ट्रान्सनेशनल ग्याङ मेम्बर्स एन्ड एफिलिएट्स” भएको उल्लेख गरिन। उनले ट्रिनिटारियोसलाई हतियार तस्करी, मानव बेचबिखन, लागू औषध कारोबार, र सशस्त्र डकैतीजस्ता अपराधसँग जोडेको सीबीस न्यूजले उल्लेख गरेको छ। 

सीबीएस न्युज का अनुसार डीएचएसले धेरैजसो व्यक्तिमाथि पहिले नै आपराधिक अभियोग लागेको वा सजाय भोगेको दाबी गरेको छ। डिएचएसको भनाइ अनुसार ती सबै अमेरिकामा “अवैधानिक” रहेका थिए।

नोमले अपरेशन साल्भोलाई जुलाई २०२५ मा म्यानह्याटन को फोर्ट वाशिङ्टन पार्क नजिक एक अफ–ड्युटी यू.एस. कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) अफिसरमाथि भएको गोलीकाण्डसँग पनि जोडिन्। उक्त घटनामा साउदर्न डिस्ट्रिक्ट अफ न्यु योर्क (एसडिएनवाई) का अभियोजकहरूले मिगुएल फ्रान्सिस्को मोरा नुनेज र क्रिस्थियन आयबार–बेरोआ विरुद्ध मुद्दा दायर गरेको डिपार्टमेन्ट अफ जस्टिस (डीओजे) ले जनाएको छ।

यो घोषणा भएको दिन म्यानह्याटनमा विरोध प्रदर्शन भएको थियो। सीबीएस न्यु योर्कका अनुसार प्रदर्शनकारीहरू फोली स्क्वायर बाट मार्च गर्दै १ वर्ल्ड ट्रेड सेन्टर पुगे। त्यहीँ नोमले “अपरेशन साल्भो” बारे प्रेस कन्फ्रेन्स गरिरहेकी थिइन्। 

डीएचएसले “अपरेशन साल्भो” लाई न्यू योर्क सिटीमा ग्याङ–सम्बन्धित अपराध नियन्त्रण र इमिग्रेशन इन्फोर्समेन्ट दुवै लक्ष्य भएको कारबाहीका रूपमा प्रस्तुत गरेको छ। तर पक्राउ परेकाहरूको पूर्ण सूची, कुन–कुन केसमा राज्य वा संघीय स्तरमा कुन आरोप लगाइयो, र कति जना डिपोर्टेसन प्रक्रियामा गए भन्ने विवरणहरू दिइएको छैन।

प्रतिक्रिया