०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

‘२ मिलियन सेल्फ–डिपोर्ट’, ‘६५०,००० गिरफ्तारी र डिपोर्ट’

‘२ मिलियन सेल्फ–डिपोर्ट’, ‘६५०,००० गिरफ्तारी र डिपोर्ट’

वाशिङ्टन। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) सेक्रेटरी क्रिस्टी नोमले “२ मिलियन मानिसले सेल्फ–डिपोर्ट भएको” र “६ लाख ५० हजारलाई गिरफ्तार तथा डिपोर्ट गरिएको छ” दाबी गरेकी छन्।

यसअघि सार्वजनिक गरिएको दाबी सङ्ख्या भने कम थिए। एबीसी न्युज ले अक्टोबर २७, २०२५ मा डीएचएस को दाबी उद्धृत गर्दै १.६ मिलियनले “सेल्फ–डिपोर्ट” गरेको र करिब ५ लाख  गिरफ्तारी तथा डिपोर्ट गरिएको जनाएको थियो।

त्यस्तै, रोयटर्स ले डिसेम्बर २२, २०२५ मा २०२५ भित्र करिब ६ लाख २२ हजार “रिमुभ” गरिएको (डिपोर्ट/हटाइएको) दाबी रिपोर्ट गरेको थियो।

“सेल्फ–डिपोर्ट” सम्बन्धी दाबीहरू पहिले पनि फ्याक्ट–चेकमा विवादित बनेका छन्। पोलिटिफ्याक्टले नोएमको पुरानो “१.६ मिलियन” दाबी जाँच्दा डीएचएसले नम्बर कसरी बनायो भन्ने कुरा स्पष्ट नदेखिएको र सार्वजनिक रूपमा भनिएका स्रोतहरूसँग पनि नामिलेको भन्ने प्रश्न उठाएको थियो।

प्रतिक्रिया