०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

अल्टिच्युडले बिरामी पर्ने पूर्णिमाको सगरमाथामा विश्व किर्तिमान

अल्टिच्युडले बिरामी पर्ने पूर्णिमाको सगरमाथामा विश्व किर्तिमान
 
फोटो पत्रकारिताका क्रममा हिमाल र पर्वतहरूको तस्बिर कैद गर्दै जाँदा कति बेला हिमालले आकर्षित गर्यो पूर्णिमा श्रेष्ठले पत्तै पाइनन् । हिमालको यो आकर्षणकै कारण उनले हिमाल आरोहण मात्रै गरेन विश्व किर्तिमान नै कायम गर्न सफल भइन् । 
 
हिमाल आरोहण भनेको के हो र सगरमाथा आरोहणको लागि कति खर्च लाग्छ भन्ने बारेमा छेउटुप्पा थाहा नभएकी पूर्णिमा सन् २०१७ मा सगरमाथा आधारशिविरमा फोटो पत्रकारका रुपमा सहभागी हुदा लेक लागेर बीच बाटोमै बिरामी परेकी थिइन् । हिमालतर्फको उनको यो पहिलो पाइलामै ठेस लागेपनि त्यसपछि भने पूर्णिमा निरन्तर हिमाल मै रमाउन थालिन र एउटै आरोहण सिजनमा ३ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व किर्तिमान नै कायम गर्न सफल भइन् । “अहिले त म हिमालको नजिक मात्र रमाइलो लाग्छ”, उनी भन्छिन् । 
 
२०७४ सालमा आफ्नै गृह जिल्ला गोरखामा अवस्थित मनास्लु हिमाल आरोहण गरेर हिमाल आरोहणको सुरुवात गरेकी पूर्णिमा श्रेष्ठले ८ हजार मिटर भन्दा माथिका नेपालका ७ वटा  र पाकिस्तानको विश्वकै दोश्रो अग्लो हिमाल केटु को समेत आरोहण गरी सकेकी छन्। हिमाल आरोहण गर्नु चानचुने कुरो भने होइन, यद्यपि श्रेष्ठले ८ हजार मिटर भन्दा माथिका विश्वका १४ वटै हिमाल चढ्ने योजना बुनेकी छन् । हिमाल चढ्नु चुनौतीपूर्ण हुँदा पनि श्रेष्ठ भने हिमाल आरोहणका लागि निरन्तर लाग्ने बताउँछन् । आठ वर्षको अवधिमा पाँच पटक सगरमाथा आरोहण गरिसकेकी उनै साहसी आरोही तथा फोटो पत्रकार श्रेष्ठ आफ्नो साहसिक काम र सफलताको कथा सुनाउनका लागि न्यू योर्कमा भेटिएका बेला एनवाइसीन्युजनेपालकी सम्पादक मच्छे गुरुङले गरेको कुराकानीको सम्पादित अंश ।
 
भिडियोः
 

प्रतिक्रिया