०७ वैशाख २०८३, सोमबार
Mon, Apr 20, 2026
SUBSCRIPTION

न्यूयोर्क सिटीको मेयर चुनावबाट दुई उम्मेदवार हटून: राष्ट्रपति ट्रम्प

न्यूयोर्क सिटीको मेयर चुनावबाट दुई उम्मेदवार हटून: राष्ट्रपति ट्रम्प

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क सिटीका दुई मेयर उम्मेदवारलाई हट्न आग्रह गरेका छन्। उनका अनुसार यसो भए डेमोक्रेटिक उम्मेदवार तथा क्वीन्सका एसेम्ब्ली मेम्बर जोहरान मामदानीसँग एक–एकजनाको प्रत्यक्ष प्रतिस्पर्धा हुन्छ।

बिहीबार ह्वाइट हाउसमा पत्रकारले सोध्दा ट्रम्पले भने, ‘म न्यूयोर्क सिटीमा कम्युनिस्ट मेयर चाहन्न।’ उनले को–को हट्नुपर्छ भन्ने नाम भने लिएनन्। तर उनले मामदानीलाई ‘कम्युनिस्ट’ भनेका छन्। मामदानीले भाने आफू ‘लोकतान्त्रिक समाजवादी’ भएको पहिले नै बताइसकेका छन्।

समाचारहरूमा ट्रम्पका सहयोगीहरू पूर्व गभर्नर एन्ड्र्यू कुमो, मेयर एरिक आडम्स र रिपब्लिकन उम्मेदवार कर्टिस स्लीभासँग सम्पर्कमा रहेको दाबी गरिएको छ। यी दुई उम्मेदवार चुनावी दौडबाट बाहिरिए उनीहरूलाई सङ्घीय सरकारमा जागीर दिने विषयमा ट्रम्पका सहयोगीहरूले छलफल गरेको समाचार आएका थिए।

स्लीभाले ट्रम्प पक्षसँग कुनै कुरा नभएको बताएका
छन। एडाम्सको अभियानले पनि ट्रम्पसँग चुनावबारे कुरा नगरेको भनेका छन। कुमोले पनि यस्ता समाचार अस्वीकार गरेका छन।

सबै उम्मेदवारले आफूहरू चुनावमै रहने सार्वजनिक रूपमा बताएका छन्। तर, मामदानीले सामाजिक सञ्जालमा गोप्य मिलेमतो’ को विरोध गर्दै  ट्रम्पलाई न्यूयोर्क सिटीमै प्रत्यक्ष बहस गर्न चुनौती दिएका छन। कुमोले मामदानीलाई पाँच बोरोमा वहसको चुनौती दिएपछि मामदानीले ट्रम्पको 'कठपुतली'सँग नभएर सोझै ट्रम्पसँग वहस गर्ने चुनौती दिएका हुन। 

प्रतिक्रिया