ब्रोङ्क्स्। एलर्टन एभिन्युको एक डेली बाहिर भएको ‘ड्राइभ–बाइ’ गोलीकाण्डमा एक वर्षीय युवकको मृत्यु भएको छ।
सोमबार साँझ करिब ७:३० बजे भएको गोलीकाण्डमा थप चार जना घाइते भएका छन।प्रहरीले ५ जना ‘पर्सन अफ इन्टरेस्ट’ लाई नियन्त्रणमा लिएका छन्। घटनापछि भाग्न खोजेको कार आर्नो अभेन्यु र होन अभेन्युमा ठोक्किँदा एक वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। सोही कारलाई गोलीकाण्डमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
अर्का चार पीडित अस्पतालमा स्थिर अवस्थामा छन्। एक २५ वर्षकार २१ वर्षका पुरुषको हातमा, र दुई २७ वर्षका पुरुषको खुट्टामा गोली लागेको छ। सबैलाई जेकोबी अस्पतालमा राखिएको छ।
प्रहरीले घटनास्थल र अनुसन्धानबाट कम्तिमा ३ थान बन्दुक बरामद गरेको छ। घटना ग्याङ–सम्बन्धित हुन सक्ने प्रारम्भिक आकलन छ। अनुसन्धान जारी छ।
प्रहरीका अनुसार, घटनाको क्रम चलिरहेको सवारीसाधनबाट गोली चलाइएको थियो। घटनामा संगलग्न थप पक्राउ हुन सक्ने संभावना नकारिएको छैन।





प्रतिक्रिया