न्यू योर्क । क्विन्स केटिएम लायन्स क्लब न्यू योर्कले हिन्दु नारीहरुको महान पर्व तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। क्लवले नेपाली हिन्दु महिलाहरुको पर्व तीजलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले तिज जस्ता पर्वहरूले प्रवासमा बसोबास गर्ने नेपालीलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए । महावाणिज्यदूत भण्डारीले प्रवासमा गरिएका यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई अझ नजिक ल्याउने मात्र नभई नयाँ पुस्तामा संस्कृतिको मुल्य र महत्व बुझाउने अवसर प्रदान गर्ने बताए।
कार्यक्रमकी सभापति तथा क्लबकी अध्यक्ष शान्ती जिरेलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै लायन्स क्लबले निरन्तर सामाजिक सेवा र समुदायको हितमा कार्य गर्दै आएको बताइन् । अध्यक्ष जिरलले नेपाली महिलाको महान पर्व तिजको सम्मानमा कार्यक्रम आयोजना गरेको बताउँदै संस्कृतिको संरक्षणसँगै आपसी भेटघाट र एकताको सन्देश दिने मुख्य उद्देश्यता साथ गएको ४ बर्षदेखि निरन्तर रुपमा कार्यक्रम गरेको बताइन् । क्लवकी प्रथम उपाध्यक्ष रुपा शाहले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमलाई सफल पार्नसहयोग पुर्याउने सम्पुर्णलाई धन्यबाद व्यक्त गरिन् ।
क्लब निवर्तमान अध्यक्ष तथा जोन चेयर रश्मी श्रेष्ठले क्लब अध्यक्षको रुपमा ३ कार्यकाल नेतृत्व लिए देखि तिज बिशेष कार्यक्रम निरन्तर रुपमा गर्दै आएको र क्लबलाई अझ उचाईमा पुर्याएकोमा कार्यसमितिले श्रेष्ठको योगदानको प्रसंशा गरेका थिए ।
कार्यक्रममा क्लबका चार्टर अध्यक्ष रुद्र पुन, पुर्व अध्यक्ष अशोक कार्की र डिस्ट्रिक्टबाट रिजन चेयर दिपक राज घिमिरे, जोन चेयर केईथ विल्लियम, क्विन्स बुद्ध चार्टर अध्यक्ष कृष्ण आचार्य, पुर्ब क्लब अध्यक्ष तथा जोन चेयर अर्जुन गौडेल, क्लब अध्यक्ष सोनु मल्ल, क्लव निवर्तमान अध्यक्ष चन्द्र नेपाली, क्लब प्रथम उपाध्यक्ष बुद्ध पौडेल, क्लब द्वितिय उपाध्यक्ष पुर्ण बहादुर पाईजा मगर, मिडिया पर्सन तथा मकै हाउस मिडिया संस्थापक बिक्की पुलामी उपस्थित थिए । साथै बरिष्ठ नृत्य निर्देशक गोविन्द राई, नेपाली अमेरिकन कलाकार संघ अध्यक्ष वसन्ती राई, ग्रेटर सुदुर पश्चिम समाज अमेरिकाका अध्यक्ष टिबी भण्डारी, नेपाली अमेरिकन नर्सेस एसोसिएयनकी संस्थापक अध्यक्ष सुनिता भण्डारी, रास्वपा नेपालकी न्युयोर्क शाखा संयोजक शान्ती गुरुंग, तारा किशन फाउण्डेशनकी अध्यक्ष तारा धामी, अन्तर्राष्ट्रिय प्रवासी महिला समाजकी अध्यक्ष कुन्ती थापा , बाग्लुंग समाज अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष जिवनाथ कंडेल र महासचिव जिवन दास सुनार बिशेष अतिथीको रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा न्यूयोर्क र आसपास क्षेत्रका नेपाली समुदाय, सामाजिक अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र बिदेशी पाहुना समेत उपस्थित थिए । परम्परागत तीज गीत, नृत्य, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक प्रस्तुतिले कार्यक्रममा उत्साह थपेका थिए।

कार्यक्रम सफल बनाउनको लागी क्लबका अन्य सदस्यद्वयहरु तिज कार्यक्रम संयोजक तथा क्लव प्रशासक आशा पाण्डे, क्लब द्वितिय उपाध्यक्ष अरुणा तामांग, क्लब सचिव निशा तामांग, क्लब कोषाध्यक्ष निक्की गौचन, क्लब मेम्बरशिप चेयर करुणा श्रेष्ठ, क्लब मार्केटिंग चेयर भगवती कार्की, क्लब सर्भिस चेयर देवी गौत्तम र क्लब डिरेक्टर विष्णु तामांग लगायत सदस्यहरु खटिेका थिए । कार्यक्रममा नेपाली मिष्ठान्न भोजन प्रदान गर्नुका साथै बिबिध साँस्कृतिक नृत्य र प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा कलाकार संघकी अध्यक्ष बसन्ती राईले सुमधुर नृत्य प्रस्तुत गर्दा क्लबका सम्पुर्ण सदस्यहरु र आगन्तुकहरु पनि सँंगै नृत्य गर्दै सुरुवात भएको कार्यक्रमको मध्य भागमा बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डाँगीको प्रस्तुतिमा उपस्थित हभागी महिलाहरु कम्मर मर्काई मर्काई नृत्य गरेका थिए । सहभागी महिला दिदीबहिनीहरूले तीज विशेष नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिमा भरपुर मनोरञ्जन लिदै नाचेका थिए । यस्ता पर्वले समुदायबीचको भातृत्व र आत्मियता प्रदान गर्ने आयोजकको विश्वास छ। कार्यक्रमको उद्घोषण मिंग्मा शेर्पाले गरेकी थिईन् ।







प्रतिक्रिया