न्यू योर्क। स्याङजा समाज अमेरिकाको अध्यक्षमा प्रदिप खड्का सर्वसम्मत चयन भएका छन्। अगष्ट २३ मा न्यू योर्कमा भएको संस्थाको चौथो अधिवेशन तथा सातौ साधारण सभाले खड्काको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अमर विक्रम अधिकारी, उपाध्यक्षमा दिपक खराल, महिला उपाध्यक्षमा पुष्पा अधिकारी, महासचिवमा शिवभक्त जंगबहादुर केसी निर्विरोध चयन भएका छन् । सचिवमा दिपेन्द्र बस्याल, महिला सचिवमा दिपा सिंजाली, कोषाध्यक्षमा सोनाम गुरुङ, सहकोषाध्यक्षमा हिमाल पुलामी मगर चयन भएका छन् । युवा तथा खेलकुद संयाजकमा सन्तोष थापा, महिला युवा तथा खेलकुद संयोजकमा उषा भट्ट र प्रमलिा मल्ल चयन भएका भएका छन् । त्यस्तै साास्केतिक संयोजकमा मभुर गिरी र स.गीता थापामगर चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा धर्मराज खड्का, प्राचिन भुजेल, प्रदिप जि.सी., पे्रम राना, ठाकुर सुवेदी, ओम प्रकाश न्यौपाने, लिलामणि खनाल, मिलन आले चुनिएका छन्। केही रिक्त पदहरु पछि पुर्ति गर्ने समाजले जनाएको छ। समाजको प्रमुख सल्लाहकारमा दिनेश भण्डारी र सल्लाहकारमा खड्कजंग गुरुङ र बिमला हमाल श्रेष्ठलाई चयन गरेको छ ।





प्रतिक्रिया