न्यू योर्क। युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन)ले अमेरिकाको संघिय अदालतले नेपालको टेम्पोररी प्रोेटेक्टेड स्ट्याटस (टिपिएस) खारेजी नोभेम्बर १८ सम्मका लागि रोकि दिने अदालतको निर्णयको स्वागत गरेको छ । अदालतले टिपिएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको जुलाई २९ मा भएको पहिलो सुनुवाईको निर्णय सुनाउँदै नेपाल, होन्डुरस र निकारागुवाको टिपिएस नोभेम्बर १८ सम्म खारेजी नहुने उल्लेख गरेको छ । अमेरिका जिल्ला अदालतका न्यायधिस ट्रिना एल. थोम्प्सनले टिपिएसको म्याद खारेजी नोभेम्बर १८ सम्मको लागि रोकिने निर्णय सुनाएको हो ।
न्यायधिस थोम्प्सनले आप्रवासीहरुको अवस्था संरक्षण विना, देशको अवस्था राम्रोसँग समीक्षा नगरीकन ट्रम्प प्रशासनले टिपिएस अन्त्य गर्ने निर्णय गरेको उल्लेख गर्दै नोभेम्बर १८ सम्म टिपिएसको खारेजी नहुने उल्लेख गरेकी छन् । युटिपिएसएनले, नेश्नल टिपिएस एलायन्सको अगुवाईमा टिपिएस बचाउनका लागि वादीको रुपमा सहभागी हुने वादीहरु, नेश्नल टिपिएस एलायन्स, मुद्धाको बहस गर्ने वकिलहरु तथा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गरेको छ ।
युटिपिएसएनका संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीले एक विज्ञप्ती जारी गर्दै टिपिएसको अवधी नोभेम्बर १८ सम्म कायम गर्नका लागि अदालतले गरेको निर्णयको स्वागत गरेको छ । संयोजक शाहीले अदालतले गरेको निर्णयले टिपिएसवाहकहरुलाई राहत दिए पनि स्थायी बसोबास प्राप्त नभएसम्म आफुहरुको लडाई जारी राख्ने बताएका छन् । नेश्नल टिपिएस एलायन्स (एनटिपिएसए) को नेतृत्वमा वादीहरु र युटिपिएसएनका सम्पूर्ण सदस्यहरुको साथ, सहयोग, प्रेरणा र हौसलाले गर्दा अदालतमा मुद्धा दर्ता गरी टिपिएसको अवधी नोभेम्बर १८ सम्म कायम राखेकोमा सबैप्रति आभार व्यक्त गरे।
विज्ञप्तिमा भनिएको छ, नेपाली टिपिएस समुदायको हितको लागि यो भार उठाउन मञ्जुर हुनु एनटिपिएसए, कानुनी टोली, र साहसी व्यक्तिगत वादीहरुप्रति युटिपिएसएन आर्दिक आभार व्यक्त गर्दछ । एनटिपिएसएको नेतृत्वमा नेपाल, निकारागुवा र होन्डेरसको टिपिएस संरक्षणका ट्रम्प प्रशासन विरुद्ध रेको मुद्धामा एनटिपिएसएको तर्फबाट वकिलहरु अहिलान अरुलानान्थम र जेशिका वंशलले बहस गरेका थिए ।
युनाइटेड फर टिपिएस नेपालले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै ।
टिपिएस मुद्धा सम्बन्धी भएको सुनवाईको लागि युटिपिएसएनका संस्थापक सदस्यहरु, वादी सन्ध्या लामा लगायत सानफ्रान्सिस्को पुगेको थिए। युटिपिएसएनका संस्थापक सदस्यहरु, वादी सन्ध्या लामा, सानफ्रान्सिस्कोमा रहेका नेपालीहरु टिपिएस संरक्षणका लागि अदालत बाहिर भएको र्यालीमा सहभागी भएका थिए । र्यालीमा युटिपिएसएन तथा नेपालका तर्फबाट वादी बसेका सन्ध्या लामाले टिपिएस खारेज भएमा आफु लगायत आफ्नो परिवारमा ठुलो समस्या आउने भन्दै अमेरिका आफु जस्तै टिपिएसवाहकहरुको घर हो र यो घर छाडेर आफुहरु कही जान नसक्ने बताएकी थिइन् । ३ बालकालिकाका एकल आमा सन्ध्याले आफ्नो बच्चाको लागि स्पेशल हेल्थ केयर चाहिने भएकोेले पनि आफु ३ बालबालिका र घर छोडेर जान नसक्ने आफ्को कथा सुनाएकी थिइन्।







प्रतिक्रिया