०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

लस एन्जलसमा भीडमाथि कार चलाउदा ३० जनाभन्दा बढी घाइते

“द भर्मन्ट“ नामको संगीत स्थलबाहिर सान्ता मोनिका बुलेवार्ड र भर्मन्ट एभेन्यूको सङ्गमस्थल नजिकै यो घटना भएको बताइएको छ ।
लस एन्जलसमा भीडमाथि कार चलाउदा ३० जनाभन्दा बढी घाइते

 

न्यूयोर्क । लस एन्जलसको पूर्वी हलिउडमा शनिबार बिहान एक कार भीडमा कुदाउदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएका छन् । 

एबीसी टेलिभिजनले प्रहरी र उद्धारकर्मीहरुलाई उद्धृत गर्दै जनाए अनुसार घटना बिहान करिब २ बजे  तिर भएको हो । “द भर्मन्ट“ नामको संगीत स्थलबाहिर सान्ता मोनिका बुलेवार्ड र भर्मन्ट एभेन्यूको सङ्गमस्थल नजिकै यो घटना भएको बताइएको छ । 
लस एन्जलस फायर डिपार्टमेन्टका अनुसार कम्तीमा ७ जना गम्भीर अवस्थाम छन्, १२ भन्दा बढीलाई घटनास्थलमै उपचार गरिएको छ। अन्य २३ जनालाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार दुर्घटनापछि चालकलाई एक पुरुषले गोली समेत हानेका थिए। चालकको अवस्था अज्ञात छ भने गोली हान्ने व्यक्ति फरार भएका छन्। घटनापछि कार भीडमा पसेर रोकिएको थियो । त्यसपछि उपस्थित भीडले चालकलाई कारबाट तानेर कुटपिट गर्न थालेका थिए। यहीबीच एक पुरुषले चालकलाई गोली हानेको बताइएको छ । एक व्यक्ति नजिकैको व्यवसायबाट निकालिएपछि उसले कार लिएर भीडमा हानेको अनुमान प्रहरीको छ । घटनाको कारण र चालकको मनसायबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया