तुर्कमेनिस्तान, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आइतबार तुर्कमेनिस्तान पुगेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तान अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरेका थिए ।
५ देखि ८ अगस्टसम्म अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तस्बीरः दिनेश भण्डारी/प्रधानमन्त्री सचिवालय





प्रतिक्रिया