न्यू योर्क। आप्रवासीमाथि बढ्दो छापा र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन नेशनल गार्ड र सेना परिचालनविरुद्धको आन्दोलन देशभर फैलिरहेको छ। एनबिसी न्युजले अमेरिकाभर कम्तिमा २५ ठाउँ र्याली निस्किएको जनाएको छ।
लोअर म्यानह्याट्नमा मङ्गलबार भएको प्रदर्शनीबाट ८६ जना गिरफ्तार गरिएका छन्। त्यसमध्ये ५२ जनालाई क्रिमिनल कोर्टमा उपस्थित हुने शर्तमा रिहा गरिएको छ भने ३४ जनाविरुद्ध हमला गरेको, गिरफ्तारी प्रतिरोध गरेको लगायतका आपराधिक अभियोग लगाइएको छ। प्रदर्शनमा करिब दुई हजार पाँच सय मानिस रहेको प्रहरीको भनाइ छ।
प्रदर्शनी फिलाडेल्फिया, सान फ्रान्सिस्को, सियाटल, सिकागो, डेनभर लगायतका शहरहरूमा भएको छ। ती शहरहरूबाट प्रर्दशनकारी गिरफ्तारी गरिएको छ। लस एन्जलसका करिब चार सय प्रदर्शनकारी गिरफ्तार भएको छन्। सान फ्रान्सिस्कोबाट एक सय ४८ जना, अस्टिनबाट तीन जना, सिकागोबाट १७ जना र डेनभरबाट १७ जना गिरफ्तार भएका छन्।
प्रदर्शनकारीहरूले देशका विभिन्न भागमा प्रदर्शनको योजना बनाएको सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको जनाएका छन्। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले लस एन्जलस क्षेत्रमा आप्रवासीमाथि छापा तीब्र बनाएपछि शुक्रबारदेखि प्रदर्शन सुरु भएको थियो। ट्रम्प प्रशासनले सुरुमा नेशनल गार्ड र पछि मरिन (नौसेना) प्रयोग गरेपछि आन्दोलन थप चर्किँदै गएको हो।





प्रतिक्रिया