०७ वैशाख २०८३, सोमबार
Mon, Apr 20, 2026
SUBSCRIPTION

अमेरिका र चीन निर्यात प्रतिबन्ध रोक्न सहमत

 

संयुक्त राज्य अमेरिका र चीनले व्यापार युद्धविराम कार्यान्वयन गर्न एक रूपरेखामा सहमति जनाएका छन्। लन्डनमा दुई दिन सम्म चलेको वार्तामा दुबै पक्षका अधिकारीहरूले व्यापार युद्धविराम गर्ने सहमति जनाएको बताएका हुन् । लण्डनमा भएको वार्ताको उद्देश्य तनाव कम गर्नु र विश्वव्यापी उत्पादन प्रणालीमा असर पार्न सक्ने निर्यात प्रतिबन्धहरूलाई सहज बनाउनु रहेको बताइएको छ। 

चीनका व्यापार वार्ताकार ली छेङगाङले लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै भने, जेनेभामा गत महिना सम्पन्न भएको अघिल्लो वार्ताबाट प्राप्त सहमति र गत हप्ता दुई देशका नेताबीच भएको टेलिफोन संवादको कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा अमेरिकी र चिनियाँ वार्ताकारहरू सैद्धान्तिक रूपमा सहमत भएका छन्।  

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार दुबै पक्षका अधिकारीहरूले प्रस्तावलाई आफ्नो नेतासमक्ष स्वीकृतिका लागि लैजान सहमत भएका छन्। अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकले लन्डनमा छुट्टै पत्रकार सम्मेलनमा भनेका छन्, “यदि सम्झौतालाई स्वीकृति दिएमा उक्त रूपरेखा कार्यान्वयन गर्ने छौं। 

दुबै पक्षले वार्तामा के बिषयमा सम्झौता भएको हो भन्ने बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। लुटनिकले संकेत गरेअनुसार दुबै पक्षले एक अर्काका लागि अत्यावश्यक वस्तु र प्रविधी निर्यातमा लगाइएको प्रतिबन्ध फिता गर्ने सहमति जनाएका छन्।

रोयटर्सका अनुसार, चीनले संयुक्त राज्य अमेरिकामा दुर्लभ खनिज र चुम्बकहरूको निर्यातमा लगाएको प्रतिबन्ध रूपरेखा सम्झौताका मूलभूत अङ्गको रूपमा समाधान गरिने भएको छ। 

 

प्रतिक्रिया