न्यूयार्क । अमेरिकामा आजदेखि विश्वका विभिन्न १२ देशका नागरिकहरूलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लागू भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जुन ४ मा जारी गरेको कार्यकारी आदेश आज जुन ९ देखि कार्यान्वयनमा आएको हो । यसअघि घोषणा गरिएको १२ देशबाहेक थप ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध पनि लागू हुनेछ । यो रोक आप्रवासन र गैर–आप्रवासन (नन–इमिग्रेशन) दुवै प्रकारका भिसामा लागू हुनेछ ।
नयाँ यात्रा प्रतिबन्ध लागु हुने मुलुकहरुमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । त्यस्तै, आंशिक प्रतिबन्ध लागेका देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षा र जीवनको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै यो निर्णय गर्नुपरेको बताएका थिए । ‘अमेरिका यस्तो विदेशीबाट सुरक्षित रहनुपर्छ, जो आतंकवादी आक्रमण गर्न, राष्ट्रिय सुरक्षामा क्षति पु¥याउन, घृणा फैलाउन वा आप्रवासन कानूनको दुरुपयोग गर्न खोज्छन्,’ उनले भनेका थिए ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, पूर्ण प्रतिबन्ध लागू भएका देशका अधिकांश नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा निषेध हुन्छ। यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम गर्ने भिसा र आप्रवासन भिसा लिनेहरू सबै समावेश हुन्छन् ।
यस्तै आंशिक प्रतिबन्ध लागू भएका देशका नागरिकहरूलाई केही विशेष प्रकारका भिसा वा प्रवेशमा मात्र रोक लगाइन्छ । जस्तै, इमिग्रेशन भिसा नदिइए पनि पर्यटक भिसा प्राप्त गर्न सकिन्छ । विद्यार्थीलाई अनुमति दिइन्छ, तर वर्क पर्मिटसहितको भिसामा रोक लाग्न सक्छ।
ट्रम्पले आतंकवाद रोक्नका लागि यी प्रतिबन्धहरू आवश्यक रहेको बताउँदै आएका छन् । उनले यस्ता प्रतिबन्धहरू विदेशी सरकारसँग सहकार्य गर्न, आप्रवासन कानून कार्यान्वयन गर्न, राष्ट्रिय सुरक्षा र विदेश नीति तथा आतंकवाद विरोधी कदमलाई सुदृढ गर्नका लागि आवश्यक रहेको बताएका छन्।
काठमाडौं पुगे अमेरिकाबाट डिपोर्टमा परेका ३७ नेपाली
काठमाडौँ । आप्रावासी कानुन उल्लंघन गरी अवैद्ध रुपमा अमेरिका बसेको भन्दै अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र ५ महिला नेपाली समय अनुसार आइतबार मध्यरातमा काठमाडौं पुगेका छन् । अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको जहाजबाट चार्टर उडानमार्फत उनीहरुलाई आइतबार मध्यराति काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुर्याएको हो ।
सोही विमानमा भारत र बंगलादेशका नागरिकलाई समेत अमेरिकाबाट फिर्ता ल्याएको थियो । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासनमा परेका छन् । विमानस्थलमा ओर्लिय लगतै प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेको थियो । प्रहरीले उनीहरु कसरी अमेरिका पुगे, किन डिपोर्टमा परे र यो घटनामा संगठित मानव तस्करीको भूमिका के छ भनेर सोधपुछ गरेको बताइएको छ ।




प्रतिक्रिया