०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

अझ कठोर आप्रावासी कानून आउन सक्छ, थप सचेत हुन जरुरीः केशवराज सेँढाई

अझ कठोर आप्रावासी कानून आउन सक्छ, थप सचेत हुन जरुरीः केशवराज सेँढाई

न्यू योर्क । बरिष्ठ कानून व्यवसायी केशवराज सेढाइले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सीमाक्षेत्रबाट अवैध रुपमा भित्रिने आप्रावासीको नियन्त्रण गर्न पूर्ण रुपमा सफल भएको बताएका छन् । आप्रावासी नियन्त्रणलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा विजय हासिल गरेका ट्रम्पको पहिलो एक सय दिनमा दक्षिणतर्फबाट भित्रिने लाखौं अवैध आप्रावासी नियन्त्रण गर्न सफल भएकोले आफ्नो घोषित उदेश्य हासिलका लागि आप्रावासी नीतिलाई थप कठोर बनाउन नयाँ कानूनहरू ल्याउन सक्ने सेढाइको अनुमान छ । 

एनवाईसी नेपालन्युजको कम्युनिटी क्वेष्ट कार्यक्रममा लागि एनवाईसी नेपालन्युजका प्रधानसम्पादक मोहन सिंह लामासँग अन्तरवार्ताका क्रममा बरिष्ठ कानून व्यवसायी सेढाइले सन् २०२५ को अन्त्य सम्ममा आप्रावासी नियन्त्रण सम्बन्धी थप कठोर कानूनहरू आउन सक्ने बताएका हुन् । आप्रावासी सम्बन्धी कानून कार्यान्वयनमा ट्रम्प प्रशासन आक्रामक रुपमा सक्रिय हुने गरेकोले कागजपत्र विहीन मात्र हैन अन्य नेपाली समुदायले समेत निकै सचेतता अपनाउनु पर्ने सेढाइको भनाई छ । विस्तृत अन्तरवार्ता एनवाईसी नेपाल युट्युब च्यानलमा सुन्न सक्नुहुन्छ । 

 

यसभित्रः

सेल्फ डिपोर्ट हुनेलाई अमेरिकी सरकारले प्रतिव्यक्ति एक हजार डलर दिन्छ।

एलियन इनिमिज एक्ट अदालतले रोक्यो। पछि के हुन्छ समयले बताउने छ।

ट्रम्प प्रशासन बोर्डरमा आप्रवासी रोक्न सफल भएको देखियो।

ट्रम्पले सिनेट र हाउसबाट नयाँ आप्रवासी कानून पारित गराएका छैनन्, एक्ज्याकेटिभ अर्डरमार्फत काम गरिरहेका छन्। त्यसमा समस्या छ।

बिग पिक्चर के हो भने उनीहरु आप्रवासनसम्बन्धी कानूनको ड्राफ्ट तयार गरिरहेका छन्।

डिसेम्बर २०२५ सम्म कम्प्रिहेन्सिभ इमिग्रेसन रिफम्र्याट हुन्छ भन्ने मेरो अनुमान हो।

भाइ बहिनी भिसा र बाबुआमा भिसा खारेज हुनसक्छ। फेमिली बेस्ड इमिग्रेसन घट्छ। अन्य भिसामा पनि थुप्रै खाले प्रतिबन्धात्मक व्यबस्था हुन्छ।

एलियन इनिमिज एक्ट लागु गर्न युद्ध हुनुपर्छ। ह्वाइट हाउसले अमेरिका युद्धमा छ भन्छ।

२०२६ मा निर्वाचन हुने भएकाले रिपब्लिकन पार्टीले जे जे कानून बनाउनु पर्ने हो २०२५ मै बनाउँछ। निर्वाचन प्रभावित हुनेगरी काम गर्ने जोखिम मोल्दैन।

अहिलेको गतिमा जाने हो भने ट्रम्प प्रशासनले ३० लाख मानिस पनि डिपोर्ट गर्न सक्दैन।

ग्रीन कार्ड कमजोर डकुमेन्ट हो। ग्रीन कार्ड छ र दुई तीन महिनाभन्दा बढी समयका लागि अमेरिका बाहिर जानु हुँदैछ भने रि इन्ट्री परमिट लिनुहोस्।

सिटिजनबाहेक सबैले १० दिनभित्र ठेगाना परिवर्तन अद्यावधिक गर्नुपर्छ। नगरे डिपोर्टेसनमा पर्न सकिन्छ।

प्रतिक्रिया