०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

विश्वका १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

नयाँ घोषणा अनुसार, अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरू अब अमेरिका यात्रा गर्न सक्ने छैनन्। यससँगै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाबाट स्थायी आप्रावासन, पर्यटक र विद्यार्थी भिसाका लागि आवेदन गर्न पनि रोक लगाइएको छ, यद्यपि यी देशहरुमा भने पूर्ण प्रतिबन्ध लगाइएको छैन।
विश्वका १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

न्यू योर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने नयाँ निर्णयमा हस्ताक्षर गरेका छन्। यो प्रतिबन्ध आगमी सोमबारदेखि लागू हुनेछ।

नयाँ घोषणा अनुसार, अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरू अब अमेरिका यात्रा गर्न सक्ने छैनन्। यससँगै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाबाट स्थायी आप्रावासन, पर्यटक र विद्यार्थी भिसाका लागि आवेदन गर्न पनि रोक लगाइएको छ, यद्यपि यी देशहरुमा भने पूर्ण प्रतिबन्ध लगाइएको छैन।
राष्ट्रपति ट्रम्पको यो कदम आप्रवासनविरुद्धको कानूनमा कठोर निर्णय लिदै जाने संकेतको रुपमा हेरिएको छ। यसअघि उनले दक्षिणी सिमानामा शरणार्थीहरूलाई रोक्ने, हार्भार्ड विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने, विद्यार्थी भीषा बन्द गर्ने र देशभर आप्रवासन छापा मार्ने कार्यहरू गरेका थिए।
यो निर्णय कोलोराडो राज्यको बोल्डर सहरमा गाजाका बन्धकहरूलाई सम्झने कार्यक्रममा भएको आक्रमणपछि आएको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा एक इजिप्टका नागरिक पक्राउ परेका थिए। ट्रम्प प्रशासनले त्यस्ता घटनापछि थप कडाइ हुने चेतावनी दिएको थियो।

राष्ट्रपति ट्रम्पले भिडियो सन्देशमार्फत भने, “बोल्डरमा भएको आक्रमणले देखाएको छ कि अपर्याप्त परीक्षणपछि आएका विदेशी नागरिकहरूले हाम्रो देशमा गम्भीर खतरा पु¥याउन सक्छन्। हामी तिनीहरूलाई चाहँदैनौं।“

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि दुईपटक यात्रा प्रतिबन्ध लागू गर्ने प्रयास गरेका थिए, तर त्यसमा अदालतले रोक लगाएको थियो । पछि सर्वोच्च अदालतले आठ देशका लागि संशोधित प्रतिबन्धलाई अनुमोदन दिएको थियो। ती मध्ये ६ वटा मुस्लिम–बहुल देश थिए । राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा पद ग्रहण गरेलगत्तै ट्रम्पको यात्रा प्रतिबन्ध खारेज गरेका थिए, र त्यसलाई “हाम्रो राष्ट्रिय आत्माको कलंक” र “धर्म र आस्थाको स्वतन्त्रतालाई सम्मान गर्ने परम्परासँग बाझिने” भनेका थिए।

प्रतिक्रिया