न्यु योर्क। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) ले कागजात विहिन आप्रवासी निस्कासन गर्न २० हजार नेशनल सेक्युरिटी गार्ड उपलब्ध गराउन अनुरोध गरेको छ।
डिएसएसले कागजात नभएका आपराधिक पृष्ठभुमिका आप्रवासी हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्न भन्दै पेन्टागनसँग शुक्रबार यस्तो अनुरोध गरेको हो। पेन्टागनले डिएचएसको अनुरोध पुनरावलोकन गरिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
डिएसएसको प्रस्ताव अनुसार हरेक राज्यले कागजात नभएका आप्रवासी देशबाट हटाउन नेशनल गार्ड उपलब्ध गराउनु पर्नेछ। नेशनल गार्ड कहिले देखि परिचालित हुने भन्ने निश्चित छैन। यस अघि पनि आप्रवासी हटाउन नेशनल गार्ड परिचालित भएको थियो। अघिल्लो कार्यकालमा ट्रम्पले आप्रवासी हटाउन नेशनल गार्ड परिचालित गरेका थिए। त्यसबाहके पूर्व राष्ट्रपति जर्ज डब्ल्यु वुश, बाराक ओबामा र टेक्सासका गभर्नर ग्रेग एबटले आप्रवासी हटाउन नेशनल गार्ड परिचालन गरेका थिए।





प्रतिक्रिया