न्यु योर्क। अमेरिकाले चिनीयाँ उत्पादनमा एक सय चार प्रतिशत भन्सार महशुल लगाउने भएको छ। उक्त महशुल अप्रिल ९ (बुधबार) बिहान १२ः०१ बजेदेखि कार्यान्वयनमा आउने भएको छ।
अमेरिकाले चिनियाँ उत्पादनमा फेब्रुअरी र मार्चमा भन्सार महशुल वृद्ध गरी ४० प्रतिशत पुर्याएको थियो। त्यस लगत्तै चीनले पनि अमेरिकी उत्पादन र निश्चित प्रकारका चिनियाँ सामाग्री निर्यातमा बिभिन्न दरको कर निर्धारण गरेको थियो। चीनले कर लगाएपछि ट्रम्प प्रशासनले चिनियाँ उत्पादनमा थप ३० प्रतिशत कर वृद्धि गरेको थियो।

अमेरिकाले वृद्धि गरेको करबाट रिसाएको चिनले अमेरिकी उत्पादनमा ३४ प्रतिशत करको घोषणा गरेको थियो। त्यसबाट आक्रोशित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा अप्रिल ९ बाट लागू हुने गरि चिनियाँ उत्पादनमा थप ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका थिए। ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अप्रिल ८ मा नयाँ अतिरिक्त करको घोषणा गरेकी हुन्।
थपिएको कर चक्रवर्ती प्रतिशतका आधारमा जोड्दा अमेरिकाले चिनियाँ उत्पादनमाथि लगाउने करको प्रतिशत एक सय चार हुन्छ। भन्सार महशुल कर थपिएपछि चीन अमेरिकासँग थप रुष्ट बनेको छ। चीनको वाणिज्य मन्त्रालयले थपिएको भन्सार महशुल कर अमेरिकाको अर्को गल्ति भएको जनाएको छ।
कर वृद्धिको असर शेयर बजारमा देखिन थालेको छ। मंगलबार बिहान बढ्न थालेको अमेरिकी शेयर बजार साँझ घटेको छ। समग्रमा मङ्गलबार डाओ जोन्स शून्य दशमलव ८४ प्रतिशत, एस एण्ड पी ५०० एक दशमलव ५७ प र नास्डाक कम्पोजिट २ दशलमव १५ प्रतिशतले घटेको छ।





प्रतिक्रिया