०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

शरणार्थी स्वीकृति पाएका आप्रवासीको ग्रीन कार्ड स्थगन

शरणार्थी स्वीकृति पाएका आप्रवासीको ग्रीन कार्ड स्थगन


न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले निश्चित समुहका आप्रवासीको ग्रीन कार्ड जारी गर्ने प्रक्रिया स्थगन गरेको छ। त्यसमा शरणार्थी आवेदन स्वीकृति भइसकेका आप्रवासी समेत परेका छन्।

युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले आफू अन्तर्गतका निकाय र अधिकारीहरूलाई शरणार्थी आवेदन र राजनीतिक शरण आवेदन स्वीकृत भइसकेका आप्रवासीको ग्रीन कार्ड जारी गर्ने प्रक्रिया स्थगन गर्न निर्देशन दिएको सिबिएस न्युजले जनाएको छ। यो कदमले आफ्नो देश फर्किन ज्यानको जोखिम रहेका आप्रवासीहरूको भविष्य अन्यौल बनेको छ।

युएससिआइएसले शरणार्थी र राजनीतिक शरण खोज्दै अमेरिका प्रवेश गरेका आप्रवासीहरूको आवेदन लामो जाँचपछि स्वीकृत गर्छ। आवेदन स्वीकृत गर्नु अघि उनीहरूलाई फर्काइए ज्यानको जोखिम हुने सुनिश्चित गर्ने प्रमाणहरु हेरिएको हुन्छ। तर युएससिआइएसले नक्कली प्रमाणहरू छानबिन गर्न गुपचुप रुपमा उनीहरूको ग्रीन कार्ड जारी गर्ने प्रक्रिया स्थगन गरेको हो। 

सिबिएस न्युजले यससम्बन्धी समाचार प्रकाशन गरेपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) ले विज्ञप्ति जारी गर्दै ट्रम्पको कार्यकारी आदेश कार्यान्वयन गर्न ग्रीन कार्ड जारी गर्ने प्रक्रिया स्थगन गरिएको जनाएको छ। डिएसएसले अमेरिकालाई विदेशी आतङ्कवादीबाट जोगाउन तथा राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा जोखिम कम गर्न ट्रम्पले जारी गरेको कार्यकारी आदेश समेत कार्यान्वयन गर्न ग्रीन कार्ड जारी गर्ने प्रक्रिया स्थगन गरिएको जनाएको छ। नेपालबाट आएका बहुसङ्ख्यक आप्रवासीले राजनीतिक कारण देखाएर अमेरिकामा शरण मागेका छन्।

 

प्रतिक्रिया