०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

आइआरएसले इमिग्रेसनलाई कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण दिने

आइआरएसले इमिग्रेसनलाई कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण दिने

न्यु योर्क। कागजात नभएका आप्रवासी हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानमा सहयोग गर्न इन्टर्नल रेभेन्यु सर्भिस (आइआरएस) ले इमिग्रेसन अधिकारीहरुलाई करदाताको गोप्य सूचना उपलब्ध गराउने भएको छ। 

आइआरएस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) बीच सोमबार करदाताको गोप्य विवरण साझा गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। यी दुई निकायले गोप्य विवरण साझेदारी विरुद्ध आप्रवासी अधिकारकर्मीहरुले दायर गरेको मुद्धा खारेज गर्न समेत संघीय अदालतमा अपिल गरेका छन्। यससँगै डिएसएसले आइआरएससँग भएको कागजात विहीन आप्रवासी करदाताको गोप्य विवरण प्राप्त गर्ने भएको छ। ती विवरणमा मुख्य रुपमा त्यस्ता आप्रवासीको बसोबास गर्ने ठेगाना पर्छ जहाँबाट इमिग्रेसनका अधिकारीले उनीहरुलाई गिरफ्तार गर्न सक्छन्।

आइआरएस र डिएचएसबीच कागजात विहीन आप्रवासीको सूचना साझा गर्ने विषयमा हप्तौं लामो गृहकार्य भएको थियो। यसमा कागजात विहीन आप्रवासीको ठेगानाको अभिलेख लगायतका विवरण राख्ने विषय समेटिएको थियो। 

अमेरिकी कानूनमा केही अपवाद बाहेक करदाताको विवरण गोप्य राख्ने ब्यबस्था छ। आइआरएसले आपराधिक अनुसन्धानमा सहयोग पुर्‍याउन करदाताको गोप्य सूचना साझा गर्न सक्छ। आइआरएस र डिएचएसले त्यहि ब्यबस्था प्रयोग गरि कागजात नभएका आप्रवासीको गोप्य सूचना र विवरण साझा गर्न खोजेका हुन्। 

प्रतिक्रिया