०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अपरेशन टेक ब्याक अमेरिकाः एक सातामा ८४० आप्रवासीलाई आपराधिक अभियोग

अपरेशन टेक ब्याक अमेरिकाः एक सातामा ८४० आप्रवासीलाई आपराधिक अभियोग

न्यु योर्क। विभिन्न सङ्घीय निकायले एक सातामा आठ सय ४० आप्रवासीलाई अपराध गरेको अभियोग लगाएको छ। ती निकायहरूले गैरकानूनी रुपमा अमेरिका बसोबास गरिरहेका यति धेरै आप्रवासीलाई मार्च तेस्रो साताभित्रै अपराध गरेको अभियोग लगाएको हो।

फक्स न्यूजले उनीहरूलाई आप्रवासनसँग सम्बन्धित अपराध गरेको अभियोग लगाइएको समाचार प्रकाशन गरेको छ। डिपार्टमेन्ट अफ जस्टिसले ‘अपरेशन टेक ब्याक अमेरिका’ को एउटा पाटोको रुपमा उनीहरूलाई यस्तो अभियोग लगाइएको जनाएको छ। यो अपरेशन अन्तर्गत देशव्यापी रुपमा गैरकानूनी बसोबास गरिरहेका आप्रवासी खोज्ने, अन्तरदेशीय अपराध र आपराधिक सञ्जाल समाप्त गर्ने दाबी गरिएको छ। 

आपराधिक अभियोग लगाइएका धेरैजसो एरिजोना, टेक्सास, न्यू मेक्सिको र क्यालिफोर्नियामा बसोबास गरिरहेका आप्रवासी छन्। ती आप्रवासीमाथि गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेको, गैरकानूनी रुपमा अमेरिका पुनः प्रवेश गरेको, आप्रवासी तस्करी गरेको, लागू औषध कारोबार गरेको लगायतका अभियोग छ।

प्रतिक्रिया