न्यू योर्क। बागलुङ सेवा समाज अमेरिकाको केन्द्रीय महाधिवेशनले गौरिश्वर शर्माको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
मार्च २२ मा जुममार्फत आयोजित महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण जिसी, महिला उपाध्यक्षमा चमेली परियार खाती, उपाध्यक्षहरूमा भविन्द्र बस्नेत, एकदेव पौडेल, माधव शर्मा सुवेदी र शङ्कर पौडेल तथा महासचिव खिब राज शर्मा निर्वाचित भएका छन्।
त्यस्तै सचिवहरूमा दुर्गा प्रसाद सापकोटा, लेखनाथ गौतम, महदत्त कंडेल, काशि खड्का, घनश्याम शर्मा, मेघनाथ पौडेल, महिला संयोजकमा निशा सुनार, र युवा कोअर्डिनेटरमा विकास जिसी चयन भएका छन्। त्यस्तै बोर्ड सदस्यहरूमा भूमिश्वर (गोबिन्द) कँडेल, सुरेन्द्र रेग्मी, राजन कँडेल, देवराज कडेल र गगन कुँवर निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले संस्थाको लक्ष्य प्राप्तिमा दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिवेशनमा विभिन्न च्याप्टरका प्रतिनिधिहरूले भाग लिँदै संस्थाको भावी कार्यदिशाका बारेमा महत्वपूर्ण छलफल गरेका थिए। नवगठित कार्यसमितिले संगठन सुदृढीकरण, सांस्कृतिक पहिचान प्रवर्द्धन, र आपसी एकताको विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। निर्वाचन आयोगले निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गराएकोमा सबै सदस्यहरूले आभार प्रकट गरेका थिए। नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै, संस्थाका वरिष्ठ सदस्यहरूले निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष मिन खडका, निवर्तमान महासचिव कृष्ण सुवेदी, तथा निवर्तमान महिला संयोजक तथा नवनिर्वाचित महिला उपाध्यक्ष चमेली खाती परियारले सञ्चालन गरेका थिए। निवर्तमान अध्यक्ष सकस जिसीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा निर्वाचन कमिटीलाई धन्यवाद ज्ञापन गरेका थिए।
निर्वाचन प्रक्रियाका लागि भूमिश्वर सापकोटाको नेतृत्वमा डा. गंगाधर आचार्य र कुलानन्द शर्मा सम्मिलित तीन सदस्यीय निर्वाचन आयोग गठन गरिएको थियो। संस्थाले प्रवासी बागलुङेहरूलाई एकत्रित गर्दै बागलुङको संस्कृति तथा परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ।
बागलुङ सेवा समाज अमेरिकाले बागलुङ जिल्लाको भाषा, संस्कृति, र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लिएको छ। समाजले प्रवासी नेपालीहरूमाझ एकताको भावना विकास गर्दै बागलुङको समृद्ध सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यमा योगदान पुर्याइरहेको छ।








प्रतिक्रिया