०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

ज्ञानु घर्तीको परिवारको सहयोगका लागि बाग्लुङ सेवा समाजको अपिल

ज्ञानु घर्तीको परिवारको सहयोगका  लागि बाग्लुङ सेवा समाजको अपिल

न्यू योर्क। बाग्लुङ सेवा समाज अमेरिकाले नोभेम्बर २७ मा हृदयघातबाट मृत्यु भएका ज्ञानु घर्तीको परिवारका लागि सहयोगको अपिल गरेको छ। 

मृतक घर्तीले हालै अमेरिकामा स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) पाएका थिए। यससँगै नेपालमा रहेका उनको परिवारको अमेरिका आउने भीसा स्वीकृत भएको थियो। भीसा स्वीकृत भएको साँझ घर्ती परिवासँग कुराकानी गरेर सुतेका थिए। उनी बिहान मृत अबस्थामा फेला परेका थिए।

घर्तीको मृत्यु लगत्तै अमेरिका आइपुगेका उनकी श्रीमति, छोरा छोरी अन्यौलमा छन्। तत्कालका लागि उनीहरुलाई न्यू योर्कको माउण्ट किस्कोस्थित लिटिल कबाव स्टेसनले आश्रय दिएको छ। नेपालमा बाग्लुङ घर भएका घर्ती त्यहाँका सेफ थिए। उनका सहकर्मीको सहयोगमा परिवारले गोफण्डमी सञ्चालन गरेका छन्। 

घर्तीको अन्त्यष्ठीका लागि पनि समुदाय साथीभाई मिलेर रकम ब्यबस्थापन गर्‍यौं,’ बाग्लुङ सेवा समाजका महासचिव कृष्ण सुबेदी भन्छन्, ‘उनको परिवारलाई बिचल्ली हुनबाट जोगाउन यहाँ स्थापित हुन सहयोग गर्न आर्थिक सहयोग आवश्यक छ।उनले घर्तीको सहकर्मीले खोलेको गोफण्डमीमा चन्दा दिन वा समाज अमेरिकाको खातामा सहयोग रकम जेल गर्न अनुरोध गरेका छन्। समाजको जेल गर्ने इमेल baglungsamajusa01@gmail.com भएको उनले बताए।

हालसम्म करिब पाँच हजार डलर सहयोग रकम संकलन भएको अन्त्येष्ठीपछि रकम परिवारलाई दिएको पनि महासचिव सुबेदीले जानकारी दिए।तर, अमेरिकामा भर्खर आएका परिवारका लागि पाँच हजार डलर पर्याप्त हुँदैन,’ उनले भने।

गोफण्डमी को लिंकः
 https://gofund.me/2af09547 

प्रतिक्रिया