न्यू योर्क। आप्रवासी अधिकारकर्मी जिनेट भिज्गेरालाई हिरासतमा लिएपछि उनका समर्थकरुले अरोरास्थित इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) को कार्यालय अघि प्रदर्शन गरेका छन्। उनलाई मार्च १६ मा ‘फेडेरल एजेन्ट’ हरुले नियन्त्रणमा लिएको बताइएको छ।
अत्याधिक चिसोका बाबजुद भिज्गेराका समर्थक अरोरास्थित आइस कार्यालय अघि पुगेका थिए। भिज्गेराले दुई दशकदेखि आप्रवासी समुदायका पक्षमा आवाज उठाउँदै आएकी थिइन्। उनी १९९७ मा बिना कागजात मेक्सिकोबाट अमेरिका आएकी थिइन्। भिज्गेराले अमेरिकामा कागजात र नागरिकता प्राप्तिका लागि कोसिस गरेकी थिइन्। तर, उनलाई २०१७ मा ‘डिपोर्टेसन’ को आदेश जारी गरिएको थियो।

डिपोर्टेसनबाट जोगिन उनी डेन्भरस्थित चर्चमा लुकेर बसेकी थिइन्। जो बाइडेन प्रशासनले उनलाई २०२१ मा एक वर्षका लागि अमेरिका बस्न दिने निर्णय गरेको थियो। भिज्गेरा ट्रम्प प्रशासन र उनको आप्रवासी नीतिको खरो आलोचक मानिन्छन्।
आइले भिज्गेरमाथि दुईवटा आपराधिक पृष्ठभूमि रहेको जनाएको छ। उनीमाथि अदालतले बिना अनुमतिपत्र सवारी साधन चलाएको र काम पाउन नक्कली सोसल सेक्युरिटी नम्बर प्रयोग गरेको अभियोगमा दोषी पाएको थियो।






प्रतिक्रिया