०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

शेर्पा संघ अमेरिकाले २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदान

शेर्पा संघ अमेरिकाले २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदान


न्यू योर्क । शेर्पा संघ अमेरिकाले २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसारकोअवसरमा शुभकामना आदानप्रदान गरी मनाएको छ। 
संघले लोसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरी लोसार मनाएको हो । संघका अध्यक्ष  पासाङ दोर्जी (एपी लामा) शेर्पाले संघले आफनै भवन निर्माणको लागि आर्थिक सहयोग संकलनको लागि जुट्ने बताए। अध्यक्ष शेर्पाले संघको भवन निर्माण कार्यमा जुट्न सबै पदाधिकारी तथा सदस्यहरुलाई अनुरोध गरे।

कार्यक्रममा अमेरिकामा आएर पनि पर्वतारोहण र हिमाल आरोहणको क्षेत्रमा लामो समयदेखि योगदान गरेको भन्दै नेपाल युएस नेपाल क्लाइम्बर्स एसोसिएशनका पुर्व अध्यक्ष पासाङ निमा शेर्पालाई प्रेजिडेन्ट् भोलिन्टियर अर्वार्डद्धारा सम्मान गरिएको थियो। क्लाइम्बर्स एसोसिएशनमा दुई कार्यकाल नेतृत्व गरेका शेर्पाले अमेरिकामा पनि क्लाइम्बिङ जिममार्फत २ दशकभन्दा बढी क्लाइम्बिङ सम्बन्धी तालिम दिंदै विश्वलाई हिमाल चिनाउने काम गरेको भन्दै संघले सम्मान गरेको हो। शेर्पाले क्लाइम्बिङ स्पोर्ट्स र हिमाल सम्पदा संरक्षणको लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। 


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका अध्यक्ष तोरण गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए। 

 

प्रतिक्रिया