०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

स्वदेश फर्केर आर्थिक विकासको साझेदार बन्न अमेरिकाबासी नेपालीलाई महिला नेतृहरुको आग्रह, गलत भाष्य सिर्जना गर्न नहुनेमा जोड

विकासका पूर्वाधारहरुलाई उपयोग गरेर उत्पादनहरुको बजारीकरण गर्ने र व्यापर व्यवसाय वृद्धि गर्ने बेलामा यतिबेला नेपालका गाँउ गाँउ र बस्ती बस्तीमा मान्छेहरु भेट्न समेत गाह्रो भइरहेको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
स्वदेश फर्केर आर्थिक विकासको साझेदार बन्न अमेरिकाबासी नेपालीलाई महिला नेतृहरुको आग्रह, गलत भाष्य सिर्जना गर्न नहुनेमा जोड

 

न्यू योर्क । नेपालका महिला नेतृ तथा अधिकारकर्मीहरुले नेपाल यतिबेला राजनीतिक स्थिरता र आर्थिक विकासतर्फ अग्रसर हुँदै गइरहेकोले स्वदेश फर्किएर आर्थिक विकासको साझेदार बन्न अमेरिका निबासी नेपालीहरुलाई आग्रह गरेका छन् । विकासका पूर्वाधारहरुलाई उपयोग गरेर उत्पादनहरुको बजारीकरण गर्ने र व्यापर व्यवसाय वृद्धि गर्ने बेलामा यतिबेला नेपालका गाँउ गाँउ र बस्ती बस्तीमा मान्छेहरु भेट्न समेत गाह्रो भइरहेको भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । 
नेपाली जनसंपर्क समिति अमेरिकाले संयुक्त राष्ट्रसंघीइ महिला फोरम सीएसडब्लुको ६९ औं बैठकमा सहभागी हुन न्यूयोर्क आइपुगेका नेपाली महिला नेतृ तथा अधिकारकर्मीहरुको सम्मानमा न्यूयोर्कको उडसाइडमा भएको कार्यक्रममा उनीहरुले यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष उशा राउतले नयाँ संविधान जारी भइसकेपछि स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र संघीय निर्वाचनहरु सम्पन्न गरी आर्थिक विकासको गतिमा नेपाल अघि बढीरहेको बताए । यसवीचमा ठूला ठूला भुकम्पहरु लगायतका कयौं प्रकृतिक विपत्तिहरु व्यहोर्नु परेपनि यसबाट बौरिदै राजनीतिक स्थिरता र विकासको गतिमा अघि बढीरहेको तर उत्पादन बढाउन र बजारिकरण गर्ने बेलामा बस्तीहरु भने खाली हुन थालेको भन्दै चिन्ता व्यक्त गरे । “यतिबेला हाम्रो बारीमा फल्ने उत्पादनहरुको बजारिकरण गर्नुपर्ने भएको छ । सुन्तला र जुनारको बजारीकरण गर्ने बेला भएको छ, तर सत्यहोला तपाईहरु अहिले जिल्ला घुम्नुहोस् बस्ती खाली छ, सम्हाल्ने मान्छे छैनन्, खेतबारीहरु बाँझै छन्”, अध्यक्ष राउतले भने । 

उनले नेपालको राजनीति र विकासको बारेमा गलत भाष्य निर्माण गर्न नहुने भन्दै सबैजना एक जुट भएमा नेपालको विकास गर्न सकिने बताए । नेपाली समुदाय विश्वको जुनसुकै देशमा बसेपनि संस्कार संस्कृति नबिर्सिएकोमा गर्व लाग्ने गरेको भन्दै विदेशमा बस्ने नेपालीहरुमा पनि एकता जरुरी रहेको अध्यक्ष राउतको भनाई थियो । 
कार्यक्रममा संचारकर्मी एवं महिला अधिकारकर्मी बबिता बस्नेतले यतिबेला नेपालको बारेमा विदेशमा गतल भाष्य निर्माण गर्ने काम गरिरहेको भन्दै संचारमाध्यम र नागरिक अगुवाहरुले सकारात्मक कुराहरुको संप्रेसन गर्न जरुरी रहेको बताए । उनले नेपाल फर्किएर आफ्नै देशमा रमाउन सकिने अवस्था रहेको समेत औंल्याए ।
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य संगीता तामाङले नेपाली जनसंपर्क समितिको आयोजनामा भएको कार्यक्रममा न्यूर्याकमा बस्ने नेपाली दिदीबहिनी र दाजुभाईसंग भेटघाट गर्न पाएकोमा आफुलाई खुशी लागेको बताउदै यसको लागि आयोजक संस्था धन्यवादको पात्र भएको बताए । उनले संयुक्त राष्ट्रसंघको सिएसडब्लुको ६९ औं बैठकमा आफुले पहिलो पटक भाग लिएको र बैठकका क्रममा हासिल गरेका अनुभवहरु नेपाली महिलाको उत्थान र विकासको लागि सहयोगी हुने बताए । 

कार्यक्रममा संघीय साँसद सीता मिजारले नेपालमा भएको राजनीतिक परिवर्तनपछि महिला उत्थान र सामाजिक विकासमा भएको परिवर्तनहरु महत्वपूर्ण भएको बताए । यस्तै राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंहले नेपाली महिलाको उत्थानको लागि भएका नीति निर्माण र भनाईहरु सकारात्मक रहेको र अव महिलाहरुप्रति गर्ने समाजको व्यवहार पनि परिवर्तन हुनुपर्ने बताए । गण्डकी प्रदेश सरकारका प्रेस रजिष्ट्रार बिमला भण्डारी र नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दुले महिला अधिकारको क्षेत्रमा नेपालमा भएको राजनीतिक उपलब्धिहरुको संरक्षण गर्दै अघि बढ्नु पर्ने बताउदै देश विकासको लागि विदेशमा बसेका नेताहरु पनि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । 

कार्यक्रमका अध्यक्ष एवं नेपाली जनसंपर्क समितिका सभापति आनन्द विष्टले विदेशमा बस्ने नेपालीहरुले आफ्नो देशप्रति संधै माया र सकारात्मक सोच राख्ने भएपनि नेपाली राजनीतिमा भने गैर आवसीय नेपालीप्रति संकिर्ण सोच रहेको आफुले पाएको बताए । संविधान अनुरुप नागरिकता दिने कानून ल्याएपनि फेरी दशवर्षे भिषाको प्रावधान ल्याएर विरोधाभाष चरित्र प्रदर्शन गरेको सभापति विष्टको भनाई थियो । “यो विषय नागरिकता विधियकबाटै सच्याउनु पर्ने हो तर फेरी गैरआवसीय नेपाली विधियकमा सच्याउने भनिएको छ, यो ठीक भएन”,  उनले भने ।  सभापति विष्टले विदेशमा बस्ने नेपालीहरुलाई संविधानले दिएको सबै अधिकार दिइनुपर्नेमा झन कटौती गर्ने प्रवृत्ती देखिएको भन्दै नेपाली नेताहरु संकिर्णताबाट माथि उठ्नुपर्ने माग गरे । आफु २५ वर्षदेखि अमेरिकी नागरिकता समेत नलिएर ग्रीनकार्डमात्रै बोकेर नेपालको हितमा काम गरिरहेको भन्दै नेपाल सरकारले ग्रीनकार्ड र नागरिकता बीचको समेत भेद नबुझेर ग्रीनकार्ड मात्र बोकेकालाई झन थप विभेद गर्ने गरेको गुनासो गरे । सो कार्यक्रम नेपाली जनसंपर्क समितिका महासचिव मुनेन्द्र नेम्बाङको संचालनमा भएको थियो । 
             

प्रतिक्रिया