न्यूयोर्क । फागु पुर्णीमा अवसरमा मधेशी एशोसियसनले न्यूयोर्कको क्वीन्समा होली कार्यक्रमको आयोजना गरेको छ। मार्च १५ मा कोरोनापार्कमा भएको होली कार्यक्रममा मधेश र पहाडी क्षेत्रका नेपाली समुदायले एकआपासमा रंग दलेर हर्षोल्लासकासाथ होली मनाएका थिए । होली गीत र मैथिली क्षेत्रको परिकारको समेत स्वाद लिदै होली खेलेका नेपाली समुदायहरु चिसो मौसमको समेत पर्वाह नगरी दिनभर रंग–अबिर र नाचगानमा व्यस्त बनेका थिए ।

होली कार्यक्रममा मधेश र पहाडी भेगका नेपाली समुदायकासाथै विभिन्न संघसंस्थाको प्रतिनिधि तथा न्यूयोर्क सिटीका मेयर कार्यालयका दक्षिण एशियाली लियोजन सुक्रानी रघुनन्दन, मधेशी समुदायका अगुवा डा. विनोद शाह, मधेशी एशोसियन इन अमेरिकाका पूर्व अध्यक्ष सटेन्द्र साह, केन्द्रीय महासविच सुनिता भगत, मधेशी एशोसियसन न्यूयोर्क न्यूजर्सीका अध्यक्ष सुभाष साह लगायतको सहभागीता रहेको थियो ।


मधेशी एशोसियसन न्यूयोर्क न्यूजर्सी च्याप्टरको आयोजनामा भएको हाली कार्यक्रम वार्षिक रुपमा आयोजना हुँदै आएको कार्यक्रम संयोजक दिनेश यादवले जानकारी दिए ।







प्रतिक्रिया