न्यू योर्क। जस्टिस डिपार्टमेन्टले न्यू योर्क सिटी मेयर एरिक आडम्समाथि लगाइएको भ्रष्टाचारको मुद्दा फिर्ता लिन सरकारी अभियोजकलाई निर्देशन दिएको छ।
जस्टिस डिपार्टमेन्टले सोमबार अभियोजकलाई यस्तो निर्देशन दिएको हो। डेपुटी एटर्नी जनरल इमिल बोभले हस्ताक्षर गरेको उक्त निर्देशनमा मुद्दाका कारण मेयर आडम्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरकानूनी आप्रवासी हटाउने अभियानमा पूर्ण क्षमतामा सहयोग गर्न नसकेको उल्लेख छ।
निर्देशनमा जस्टिस डिपार्टमेन्टले अभियोजनकर्ताको इमान्दारीमा तथा मुद्दाको गुणस्तरमा प्रश्न नगर्ने पनि प्रष्ट पारेको छ। जस्टिस डिपार्टमेन्टले ‘हाई प्रोफाइल क्रिमिनल केस’ मा यसरी हस्तक्षेप गर्नुलाई मेयर आडम्स र राष्ट्रपति ट्रम्पको बढ्दो हिमचिमसँग जोडेर हेरिएको छ।
अभियोजनकर्ताले मुद्धा फिर्ता लिने निर्णय भने गरिसकेका छैनन्। यस सम्बन्धमा उनीहरूको धारणा सार्वजनिक भएको छैन। मेयर आडम्सलाई पाँचवटा आपराधिक मुद्दा लगाइएको छ। उनको मुद्दा साउदर्न डिस्ट्रिक्ट अफ न्यू योर्कमा चलिहरेको छ। उनीमाथि टर्कीका अधिकारीहरूको स्वीकृतिमा राजनीतिक उद्देश्य प्रेरित चन्दा स्वीकारेको, विलासी ट्राभल्स पर्क लिएको लगायतका मुद्दा छ।





प्रतिक्रिया