०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

युएस नेपाल क्लाइम्बर्स एसोसिएशनको अध्यक्षमा जाङ्बु शेर्पा

युएस नेपाल क्लाइम्बर्स एसोसिएशनको अध्यक्षमा जाङ्बु शेर्पा

 

न्यू योर्क। युएस नेपाल क्लाइम्बर्स एसोसिएशन इंकको अध्यक्षमा जाङ्बु शेर्पा निर्वाचित भएका छन्। एसोसिएशनले एल्म्हस्र्ट अस्पतालको अडिटोरियम हलमा भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। पहिलो उपाध्यक्षमा लाक्पा गेल्जी शेर्पा, द्धितिय उपाध्यक्षमा छुरिम शेर्पा, महाचिवमा आङदावा शेर्पा, सचिवमा शर्मिला थापामगर, कोषाध्यक्षमा दोमी शेर्पा, सहकोषाध्यक्षमा दा ओङ्चु शेर्पा चयन भएका छन्। त्यस्तै कार्यसमित सदस्यहरुमा काजी शेर्पा (), काजी शेर्पा (बी), दावा जाङ्बु शेर्पा, पाासाङ टी. शेर्पा, कान्छा शेर्पा, मिङमार शेर्पा रहेका छन्। 

नव निर्वचित अध्यक्ष जाङ्बु शेर्पाले संस्थाको उद्देश्यलाई प्राथमिकतामा राखेर संस्था संस्थामा आवद्ध सदस्यहरुको विकासको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे। निवर्तमान अध्यक्ष स्वतःकार्यसमिति सदस्य रहने प्रावधान रहेको छ। नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरी कार्यभार बुझिलिएको छ। 

निवर्तमान कार्यसमितिले नवनिर्वाचत कार्यसमितिलाई औपचारिक रुपमा पदभार हस्तान्तरण गरेको हो। निवर्तमान अध्यक्ष पासाङ निमा शेर्पाले आफ्नो दुई कार्यकालमा संस्थाले गरेका उपलब्धीहरुको बारेमा जानकारी दिंदै संस्थाका सदस्यहरुले पुर्याएको साथ सहयोग समर्थनको लागि हार्दिक धन्यवाद व्यक्त गरे।

कार्यक्रममा डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले निवर्तमान कार्यसमितिका सदस्यहरुलाई साइटेसन प्रदान गरी उहाँहरुको योगदानको लागि धन्यवाद व्यक्त गरे। 

न्यू योर्क सिटीले संस्थाले पर्वतारोहण क्षेत्रले नेपाली समुदायको पहिचानलाई अझ उचाइमा पुर्याएको योगदानको चर्चा गर्दै युएस नेपाल क्लाइम्बर्स एसोसिएशन इंक, एसोसिएशनका निवर्तमान अध्यक्ष पासाङ निमा शेर्पा तथा तेन्जिङ नोर्गे फाउन्डेसनलाई प्रोक्लेमेशन प्रदान गरेका थिए। 

एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले निवर्तमान कार्यसमितिले गरेकोकामको प्रशंसा गरे। 

विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे। 

प्रतिक्रिया