०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

आप्रवासीविरुद्ध ट्रम्पले बोले धावाः सेना परिचालन, ‘स्याङ्चुअरी सिटी’ को बजेट कटौती, जन्मसिद्ध नागरिकता खारेज

अमेरिका—मेक्सिको सीमामा सेना परिचालन गर्ने, ‘स्याङ्चुअरी सिटी’ को बजेट रोक्ने, जन्मसिद्ध नागरिकता खारेज गर्ने लगायतका आप्रवासीलाई प्रभावित पार्ने झण्डै एक दर्जन ‘एक्ज्याकेटिभ अर्डर’ जारी
आप्रवासीविरुद्ध ट्रम्पले बोले धावाः सेना परिचालन, ‘स्याङ्चुअरी सिटी’ को बजेट कटौती, जन्मसिद्ध नागरिकता खारेज

न्यू योर्क। अमेरिकाका ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गरेकै दिन आप्रवासी विरुद्ध धावा बोलेका छन्। जनवरी २० मा सपथ ग्रहण गर्नासाथ उनले अमेरिकामेक्सिको सीमामा सेना परिचालन गर्ने, ‘स्याङ्चुअरी सिटीको बजेट रोक्ने, जन्मसिद्ध नागरिकता खारेज गर्ने लगायतका आप्रवासीलाई प्रभावित पार्ने झण्डै एक दर्जनएक्ज्याकेटिभ अर्डर’ (कार्यकारी आदेश) मा हस्ताक्षर गरेका छन्।

ट्म्पले सीमा क्षेत्रबाट आप्रवासी प्रवेश रोक्न उनीहरूलाई मेक्सिकोमै राख्ने नीति (रिमेन इन मेक्सिको पलिसी) लागू गर्न दक्षिणी सीमामा सङ्कटकाल घोषणा गर्दै सेना परिचालन गरेको हो। ट्रम्पको एक्ज्याकेटि अर्डर अनुसार सेनासहित अन्य सुरक्षा नियकाले समेत ३० दिनभित्र सीमा क्षेत्रको अबस्थाबारे प्रतिवेदन बुझाउनु पर्छ।

ट्रम्पको ‘एक्ज्याकेटिभ अर्डर’ ले पार्ने मुख्य असरः

  • दक्षिणी सीमामा सङ्कटकाल घोषणासेना परिचालन
  • रिमेन इन मेक्सिको पोलिसी पुनः कार्यान्वयन
  • पर्खाल निर्माणलाई निरन्तरता
  • अमेरिका बस्ने कानूनी हैसियत नभएका आमाका सन्तानको जन्मसिद्ध नागरिकता खारेज
  • स्वार्थ नमिल्ने देशका शरणार्थी प्रवेशमा रोक
  • आप्रवासीसँग सम्बन्धित सङ्गठित आपराधिक समुह  हिंस्रक गिरोहलाई आतंकवादी घोषणा
  • स्याङ्चुअरी सिटी’ को बजेट कटौती, कारवाहीको सम्भावना
  • कानूनी हैसियत नभएकाले दर्ता हुनुपर्ने  फिंगर प्रिन्ट दिनुपर्ने
  • सीबीपी वान  परोल प्रोग्राम खारेज
  • अनधिकृत आप्रवासीलाई सार्वजनिक सुविधामा रोक

त्यस्तै आप्रवासीलाई सुरक्षा प्रदान गर्नेस्याङ्चुअरी सिटीहरुको बजेट कटौति गर्न त्यस्ता सिटीलाई आवश्यक परे कारवाही गर्न ट्रम्पले एक्जायकेटिभ अर्डर जारी गरेका छन्। उनको अर्को एक्जायकेटिभ अर्डरले बाबु अमेरिकी नागरिक नभएको अवस्थामा अमेरिका बस्ने कानूनी हैसियत नभएका आमाबाट जन्मिएका बालबालिकाको जन्मसिद्ध अधिकार खारेजी गरेको छ। तर, संविधान विपरित भएको भन्दै विभिन्न संघ संस्थाले यो एक्ज्याकेटिभ अर्डरलाई अदालतमा चुनौति दिने तयारी गरेका छन्।

सीमा क्षेत्रबाट प्रवेश गर्नअपोइन्टमेन्टमिलाउन ब्यवस्था गरिएको सीबीपी वान कार्यक्रम पनि खारेज गरिएको छ। यससँगै सीबीपी वान एप काम नलाग्ने भएको छ। साथै मानवीय आधारमा क्युबा, हेइटी, निकारागुवा भेनेजुएलाका आप्रवासीलाई प्रदान गरिँदै आएकोपरोलपनि खारेज गरिएको छ। यससँगै उनी परिवार भेट्न आफ्नो देश फर्किन नपाउने भएका छन्।

नो योर राइट्सः

ट्रम्पको एक्ज्याकेटिभ अर्डरले अनधिकृत आप्रवासीलाई सार्वजनिक सुविधामा रोक लगाएको छ। यसमा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा, स्वास्थ्य बिमा, बेरोजगार बिमा लगायतका पर्छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको परिभाषा अनुसार हातमा ग्रीन कार्ड नभएका सिटिजन बाहेकका सबै आप्रवासी अनधिकृत हुन्। 

यीबाहेक ट्रम्पको एक्ज्याकेटिभ अर्डरले स्वार्थ नमिल्ने देशका शरणार्थी प्रवेशमा रोक लगाउने, आप्रवासीसँग सम्बन्धित सङ्गठित आपराधिक समुह हिंस्रक गिरोहलाई आतङ्कवादी घोषणा गर्ने कानूनी हैसियत नभएकाले दर्ता हुनुपर्ने फिंगर प्रिन्ट दिनुपर्ने ब्यवस्था समेत गरेको छ।

प्रतिक्रिया