०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

ट्रम्पले पदभार ग्रहण गरेकै दिन ‘क्रिप्टोकरेन्सी एक्ज्याकेटिभ अर्डर’ जारी गर्ने तयारी

एक्जायकेटिभ अर्डरले डिब्याङ्किङ र ‘डिजिडल एसेट्स’ लाई दायित्वका रुपमा गणना गर्नुपर्ने विद्यमान नीति खारेजी जस्ता मुद्धा सम्बोधन गर्ने अनुमान छ।
ट्रम्पले पदभार ग्रहण गरेकै दिन ‘क्रिप्टोकरेन्सी एक्ज्याकेटिभ अर्डर’ जारी गर्ने तयारी

न्यू योर्क। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नैक्रिप्टोकरेन्सी एक्ज्याकेटिभ अर्डरजारी गर्ने तयारी रहेको जनाइएको छ।

वाशिङ्टन पोस्टले ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नैक्रिप्टोकरेन्सी एक्ज्याकेटिभ अर्डरजारी गर्ने तयारी बारे खुलासा गरेको हो। एक्जायकेटिभ अर्डरले डिब्याङ्किङ डिजिडल एसेट्सलाई दायित्वका रुपमा गणना गर्नुपर्ने विद्यमान नीति खारेजी जस्ता मुद्धा सम्बोधन गर्ने अनुमान छ।

 

हालको अभ्यास अनुसार ब्याङ्कहरुले क्रिप्टोकरेन्सी कारोबार गर्ने व्यक्ति तथा संस्थाहरूलाई ब्याङ्किङ सेवाबाट बिनाकारण बञ्चित गर्न सक्छन्। ब्याङ्किङ सुविधा उपभोग गर्न नसक्दा क्रिप्टोकरेन्सी कारोबार गर्ने व्यक्ति, लगानीकर्ता संस्थाहरु समस्यामा छन्। एक्जाकेटिभ अर्डरले यो मुद्दा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

 

त्यस्तै, सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले जारी गरेको एसएबी १२१ गाइडलाइन अनुसार ब्याङ्क तथा वित्तीय संस्थाहरुले उनीहरुको ग्राहकको क्रिप्टोकरेन्सीलाई दायित्वको रुपमा ब्यालेन्स सीटमा दाखिला गर्नुपर्छ। यसबाट हुने जोखिम कम गर्न ब्याङ्कहरूले बढी धितो राख्ने गर्छन्। साथै, यसले ब्याङ्कहरूको ब्यालेन्स सीटको जोखिम आर्थिक दायित्व बढाउँछ भने क्रिप्टो कारोबार गर्ने व्यक्ति तथा व्यवसायलाई समस्या बढाउँछ। ट्रम्पको एक्ज्याकेटिभ अर्डरले यो समस्या सम्बोधन गर्ने अपेक्षा गरेको विभिन्न सञ्चार माध्यमहरूले स्रोतको हवाला दिँदै समाचार बनाएका छन्।

 

त्यसबाहेक एक्जाकेटिभ अर्डर मार्फत ट्रम्पले २० व्यवसायी सम्मिलित क्रिप्टो काउन्सिल स्थापना गर्ने अपेक्षा गरिएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको प्रशासन चलाउन यसअघि नै क्रिप्टो पक्षधर मानिसहरू नियुक्त गरिसकेका छन्। त्यसमा इतिहासकै पहिलो क्रिप्टो जार डेभिड स्याक्स, सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन चेयरम्यान पल अट्किन्स, कमर्स सेक्रेटरी होवार्ड लट्निक, ट्रेजर सेक्रेटरी स्कट बेसेन्ट लगायतका छन्। त्यस्तै डिपार्टमेन्ट अफ इफिसियन्सीमा एलन मस्क विवेक रामास्वामी जस्ता क्रिप्टो पक्षधर छन्। 

 

 

प्रतिक्रिया