न्यूयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले आज राष्ट्रपति पदको शपथ लिने भएको छ । राष्ट्रपति पदको सपथको लागि अहिले अमेरिकी संसद क्यापिटल हिलमा समारोह जारी छ । मध्याह्नको समयमा शपथ ग्रहण समारोह हुने भएको छ ।
सपथग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति ट्रम्प र राष्ट्रपति जो बाइडेन क्यापिटल भवन पुगिसकेका छन् । समारोहमा पूर्व राष्ट्रपतिहरु जर्जबुस, बिल क्लिन्टन, बराक ओबामा लगायत उपस्थित भइसकेका छन् । यसैवीच, शपथ ग्रहणको केही घण्टामा नै ट्रम्पले १०० भन्दा बढी कार्यकारी आदेशहरू जारी गरेर आफ्नो कायकाल शुरु गरिने श्रोतहरुले जनाएका छन् ।










प्रतिक्रिया