०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

आडम्स र ट्रम्पबीच आज भेटवार्ता, छलफलको विषय गोप्य

ट्रम्पले गत महिना भ्रष्टाचारको अभियोग लागेका आडम्समाथि न्यायोचित व्यवहार नभएको र उनलाई माफी दिने विषयमा ‘हेर्ने’ अभिव्यक्ति दिएका थिए।
आडम्स र ट्रम्पबीच आज भेटवार्ता, छलफलको विषय गोप्य

न्यू योर्क। मेयर एरिक आडम्स राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबीच शुक्रबार (जनवरी १७ मा) भेटवार्ता हुँदैछ। भेटवार्तामा हुने छलफलको विषय भने खुलाइएको छैन।

आडम्स ट्रम्पलाई भेट्न फ्लोरिडास्थित मारलागो क्लब पुग्नेछन्। ट्रम्पले १७ एकड जमिनमा फैलिएको यो निजी विलासी क्लबलाई २०१९ देखि आफ्नो निवास बनाएका छन्। न्यू योर्क टाइम्सले यो भेटवार्ता बारे बिहीबार खुलासा गरिदिएको थियो। त्यसलगत्तै न्यू योर्क सिटीका डेपुटी मेयर फर कम्युनिकेसन्स फेबियन लेभीले विज्ञप्ति जारी गरेका थिए। 

न्यू योर्कवासीको हीतमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प प्रशासनसँग काम गर्न तयार रहेको मेयर आडम्सले प्रष्ट पारिसक्नुभएको ,’ विज्ञप्तिमा उल्लेख , ‘भेटवार्तामा न्यू योर्कवासीका प्राथमिकता तथा न्यू योर्क सिटी देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा उत्पादनमूलक कुराकानी हुनेछ।सङ्क्षिप्त विज्ञप्तिमा भेटवार्तामा हुने छलफलको विषय भने खुलाइएको छैन।

ट्रम्पले गत महिना भ्रष्टाचारको अभियोग लागेका आडम्समाथि न्यायोचित व्यवहार नभएको उनलाई माफी दिने विषयमाहेर्नेअभिव्यक्ति दिएका थिए। आडम्सले गत महिना ट्रम्पका बोर्डर जार टम होम्यानसँग भेटवार्ता गरेका थिए। भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले गैरकानूनी आप्रवासीबारे होम्यानसँग आफ्नो विचार मिलेको अभिव्यक्ति दिएका थिए। होम्यानले ट्रम्पकामास डिपोर्टेसनलाई असहयोग गर्ने सिटीको बजेट काट्ने धम्की दिँदै आएका छन्।

आडम्सको औपचारिक कार्यतालिकामै नरहेको मारलागो भ्रमणको खर्च सिटीले बेहोर्ने समाचारहरू आएका छन्। आडम्ससँग सिटीका अन्य अधिकारीहरू हुने छैनन्। ट्रम्पलाई भेट्न आडम्स एक्लै मारलागो पुग्नेछन्। 

प्रतिक्रिया